२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

जगतगुरु महायोगी  सिद्धबाबा  लाई अस्पतालमै राख्न अदालतको आदेश

जगतगुरु महायोगी  सिद्धबाबा  लाई अस्पतालमै राख्न अदालतको आदेश

वलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयले सोमबार बिहान पक्राउ परेका श्रीराम तारकब्रम्हा पीठ चतराधामका पीठाधिस डा. बैष्णव कृष्णदासजी महाराज जगतगुरु लाई ४ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई सुनसरी जिल्ला अदालतले म्याद दिएको छ ।

अदालतका अनुसार म्याद थप गरिएको समयमा प्रहरीले अनुसन्धानलाई अघि बढाउने छ। सो क्रममा पीडितको विषयमा अनुसन्धान गर्दै चौथो दिन प्रहरीले सरकारी वकिललाई कागजपत्र बुझाउने छ। कृष्णदासजीका निकटतम्का अनुसार उनलाई विराटनगर अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ।

प्रहरीलाई सुनसरी जिल्ला अदालतका न्यायधिस धर्मराज पौडेलको इजलासले उनको स्वास्थ्य अवश्थालाई समेत मध्यनजर गरि अस्पतालको निगरानीमा राखी अनुसन्धान गर्न आदेश दिएको हो । म्याद थप गरी अस्पताल लैजाने क्रममा डा. बैष्णव कृष्णदासजीले सेतोघर सगको कुराकानीमा आफुलाई फसाउने षडयन्त्र गरिएको बताउदै भगवानले षडयन्त्रकारीहरुलाई नछाडने बताए ।

अदालतले आफलाई न्याय दिने बिषयमा आशावादी रहेको समेत गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij