तारकेश्वरको लामबगर स्थित चिल्डे«न हेराल्ड एकेडेमीले कोरियन प्रविधिमा आधारित १ दिवसीय कृषि तालिम सम्पन्न गरेको छ । स्थानीय कृषि कार्यमा संलग्न किसानहरुको व्यापक उपस्थितिमा कोरियन प्रविधिलाई नेपालमा भित्र्याई नेको कम्पनी अन्तरगत कृषि कार्यमा आफैं संलग्न रहँदै आएका मिष्टर चोइले उपस्थित कृषकहरुलाई प्रशिक्षित गराएका हुन् ।
कोरियन भाषामा उत्तर दिएका चोइको अनुवाद कार्य नमस्कार कृषि फार्मका सञ्चालक विनोद चापागाईंले गरेका थिए ।
हाल सम्म ४० भन्दा बढी प्रशिक्षण सञ्चालन गरिसकेका चोइले हिजो आयोजित कार्यक्रममा गोलभेँडा, कौसी खेती, आलु खेती, धान खेती लगायतको सैद्धान्तिक प्रशिक्षण दिएका हुन् । कृषिमा नयाँपन ल्याउनको निम्ति यस तालिमले किसानहरुलाई निकै नै सहयोग मिल्नेमा आफू विश्वस्त रहेको चोइले बताएका छन् ।

थोरै क्षेत्रफलमा समेत आधुनिक तवरले खेती गर्न सकेको खण्डमा प्रयाप्त उत्पादन लिन सकिने बताउँदै यसबाट किसानको परिश्रम, औषधी र जग्गा लगायतमा व्यापक वचत गर्न सकिने बताएका छन् ।
कुन कृषि कार्य गर्दा कसरी गर्न सकेको खण्डमा त्यसलाई बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने सम्बन्धमा केन्द्रित रहेको उक्त कार्यक्रममा स्थानीय कृषकहरुले आफ्ना प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij