२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

चितवनका मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाइ तालिम

चितवनका मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाइ तालिम

नेपाल भ्यालुयर्स एसाेसिएसन चितवन च्याप्टरको आयोजनामा ३ दिने Fixed Asset Training मकवानपुर जिल्ला दामन स्थित Everest Panaroma Resort Pvt.Ltd मा सम्पन्न भएको छ । Training मा Senior Valuer/Trainner इ. देवेन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको छ । उक्त कार्यक्रममा trainer काे रूपमा इ. शुशिल अमात्य र भ्यालुयर्स एसाेसिएसनका केन्द्रीय सचिव दिनेश पाठकले पनि शहजीकरणकाे निम्ति विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैगरी संघका कानुनी सल्लाहकार नारायण वाग्ले र भुमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक टंक दाहालले कानुनी प्रावधान तथा नापि नक्सा र मालपाेत सम्बन्धि  जानकारि गराउनुभएकाे थियाे ।
Fixed Asset Training मा चितवन जिल्लालाइ कर्मथलो बनाइ कार्यरत १८ जना विभिन्न कन्सल्टेन्सि फर्ममा आबद्द इञ्जिनियरहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम नेपाल भ्यालुयर्स एसासिएसन (चितवन च्याप्टर)का अध्यक्ष इ. दिपेन्द्र कुमार श्रेष्ठज्युको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य च्याप्टरका प्रथम उपाध्यक्ष इ. पुरन सुवेदी क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन च्याप्टरका सचिव इ सुमन कोइरालाले गर्नुभएको थियो ।
उक्त कायर्क्रममा NVA का अध्यक्ष ऋषि काेइरालाले अाफ्नाे मन्तव्य राख्नु भएकाे थियाे ।
तालिम भाद्र २७, २८, २९ मा सम्पन्न भएकाे हाे । मूल्याङ्कन क्षेत्रमा संलग्न इन्जिनियरहरूकाे क्षमता विकासकाे याेजनाले उक्त तालिम सञ्चालन गरिएकाे संघका सचिव इ. दिनेश कुमार पाठकले सेताेघर डट कमलाइ जानकारी गराउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij