२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

चिकित्सा शिक्षामा फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप

चिकित्सा शिक्षामा फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप

चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ । चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन खडेबाबा (नक्कली शिक्षक) राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको हो ।

मेडिकल कलेजमा पढाउने विषयगत शिक्षकको औंठा छाप लिन थालिएको काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले बताए । हालसम्म काठमाडौं बाहिरका सबै मेडिकल कलेजमा काउन्सिलको टोली गई विषयगत शिक्षकहरूको बायोमेट्रिक लिइसकेका छन् ।

काउन्सिल अध्यक्ष डा.बास्कोटाका अनुसार राजधानीका मेडिकल कलेजमा अध्यापनरत विषयगत शिक्षकको औंठाछाप रेकर्ड ल्याउने कार्य भइरहेको छ । रेकर्ड लिँदा बायोमेट्रिक डिभाइस प्रयोग गरिएको उल्लेख गर्दै उनले भने, ‘अनुगमनका क्रममा पछि जाँदा डिभाइसमा भएको रेकर्डअनुसार औंठाछाप मिल्छ कि मिल्दैन चेक गर्छौं । रेकर्डमा मिलेन भने कारबाहीको दायरामा ल्याउँछौं । अब खडेबाबाहरूको खैरियत छैन ।’,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij