२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम

चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम

काठमाडौं– नेपाल चिकित्सक संघले संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सीले उठाउँदै आएका चिकित्सा शिक्षासँग सम्बन्धित जायज माग सम्बोधन गर्न सरकारले वेवास्ता गरेको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

संघको शुक्रबार बसेको कार्यकारिणी बैठकले डा. केसीको जीवन रक्षाको माग गर्दै आजैबाट लागु हुनेगरी ४ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि संघका महासचिव लोतचन कार्कीले जारी गरेको विज्ञप्तिमा श्ुक्रबारबाटै देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले कालोपटिट बाँध्ने, असार २४ गते प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा संघका उपाध्यक्षलाई अनसन स्थलमा पठाउने तथा ज्ञापनपत्र बुझाएको ७२ द्दण्टाभित्र सरकारबाट सम्बोधन नभए अन्य विरोधका कार्यक्रम घोषणा गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij