भारतको बिहार राज्यका विभिन्न ठाउँमा चट्ट्याङ लागेर ८३ जनाको मृत्यु भएको छ। बिहार सरकारका अनुसार ८३ जनाको चट्ट्याङ लागेको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
यस्तै पीटीआइका अनुसार बिहीबार बिहान सरकारका अनुसार सबैभन्दा धेरै गोपालगञ्ज जिल्लाका मानिसहरु चट्ट्याङ लागेर मरेका छन्। गोपालगञ्जबाट १३ जनाको चट्ट्याङ लागेर मृत्यु भएको छ भने पूर्वी चम्पारणमा ५जना, सिवानमा ६ जना र दरभङ्गामा ५ जना चट्टयाङबाट मरेका छन्।
यस्तै बाँकामा ५ जना, भागलपुरमा ६ जना, मधुबनीमा ८ जना, खगरियामा ३ जना, पश्चिम चम्पारनमा २ जना, समस्तीपूरमा १ जना, शेओहारमा १ जना, किशानगञ्जमा २ जना, शरणमा १ जना, जाहानावादमा २ जना, सीतामर्हीमा १ जना, जमुइमा २ जना, नवादामा ८ जना, पूर्णियामा २ जनाको चट्ट्याङले ज्यान गएको छ।
यसैगरी सुपौलमा २ जना, औरङगबादमा ३ जना, बुछारमा २ जना मधेपुरामा १ जना र कैमुरमा २ जना चट्टयाङको सिकार भएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij