
काठमाडौँ । घोराही सिमेन्टको आईपीओ पुनः खोल्न सक्ने भएको छ ।
बुधबार धितोपत्र बोर्डले आईपीओमा परेको फर्जी आवेदनको अनुसन्धान प्रहरीमार्फत अघि बढाउने र पुनः खोल्न सक्ने जनाएको हो ।
यो निर्णयसँगै अब लगानीकर्ताहरुले घोराही सिमेन्टको आईपीओ भरेकाहरूले आवेदन रद्द गरेर खातामा पैसा फिर्ता गर्न सक्नेछन् भने आवेदन जारी राख्न वा थपघट गर्न पनि पाउनेछन् ।
। यस्तै निष्कासन खुला गरेको समयमा सबै शेयर बिक्री नभए अर्को १५ दिन थप गर्न सकिने प्रावधान राखिएको छ ।
यस्तै बोर्डले कम्पनीको आईपीओमा आफ्नो खातामा भएको भन्दा धेरै रकमको आवेदन दिएकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ । केही व्यक्तिले खातामा पैसा नै नभई १० लाख कित्ताका दरले आवेदन दिएर घोराही सिमेन्टमा निकै धेरै आवेदन परेको भ्रम फैलाएका थिए ।
कम्पनीको धेरै आवेदन परेको देखाउन फर्जी आवेदन हालेको पाइएपछि बोर्डले असार ४ गते तत्काललाई निष्कासन रोक्का गरेको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij