२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रील सघ कमलपोखरिमा महेश ठाकुर

ग्रील सघ कमलपोखरिमा महेश ठाकुर

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ कमलपोखरिमा हिजो सम्पन्न तेस्रो अधिबेसनबाट महेश ठाकुरको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पिताम्बर सुनुवार र मन्जुर खान छन भने सचिबमा कमल शर्मा कोषाध्यक्षमा किरण राजबंशि सदस्यहरुमा राम प्रबेश शर्मा , सुधामा शर्मा र श्याम शर्मा निर्वाचित भएका छन् ।

अधिबेसनको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायीका समस्याहरु प्रति सरकार उदासिन रहेको हुँदा ब्यवसायिहरुमा निरासा छाएको र सबै ग्रील उध्योगिहरुलाइ सहज किसिमले कानुनी दायरामा आउने बाताबरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै ब्यवस्थित र मर्यादित भएर ब्यवसाय सन्चालन गर्न ग्रील उध्याेगीलाई आग्रह समेत गर्नुभएको थियो।

कार्यक्रमका बिशिस्ट अतिथि उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोस रोक्काले सामान ढुवानिमा देखिएको समस्या समाधान मा सहजिकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै सबैले ट्राफिक नियमको पालना गर्न र ट्राफिक ब्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
पर्शुराम ढुङ्लेमको सभापतित्वमा सम्पन्न अधिबेशनमा उपत्यकाका ग्रील ब्यवसायिका नेतृत्व बर्गको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij