२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रील संघ ललितपुरकाे अध्यक्षमा भागवत सुवेदी निर्वाचित

ग्रील संघ ललितपुरकाे अध्यक्षमा भागवत सुवेदी निर्वाचित

यही पौष २३ गते ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिबेशनले भागवत सुबेदिको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिती चयन गरेकोछ ।

जस्मा वरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठ, उपाध्यक्ष किरणराज श्रेष्ठ, महासचिव शिव सुनुवार, सचिब मिश्रिलाल श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ सहकोषाध्यक्ष  सुभाष तिरुवा र सदस्यहरुमा बिसालमान श्रेष्ठ, बिक्रम महर्जन, ध्रुब राउत, महेश श्रेष्ठ ,धनश्याम श्रेष्ठ, रिकि लामा, सुर्य बहादुर श्रेष्ठ , बल बहादुर सुवेदी , हरिचन्द्र बस्नेत र निल महर्जन निर्वाचित भएका छन्।

अधिबेसनको उद्घारट्न गर्नुहुँदै उपमेयर मन्जली शाक्यले ग्रील उध्योगलाइ दर्ता र नबिकरण गर्न महानगरपालिकाले सहजीकरण गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले सबै ग्रील उध्योगिहरु कानुनि दायरामा आइ बैधानिक रुपले ब्यवसाय सन्चालन गर्न आग्रह गर्नुभयाे ।

साथै उहाँले ग्रील ब्यवसायमा देखिएको समस्याहरु समाधान गर्न, बित्तीय पहुँच बढाउन,  दक्ष जनशक्ती अभाब कम गर्न तालिमको ब्यवस्था गर्ने र ब्यवसायी र ग्रील मजदुरलाइ ब्यवसाय जन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि तालिमको ब्यवस्था गर्न महासंघ निरन्तर रुपमा लागिरहने बताउनुभयाे ।

ललितपुर उध्योग बाणिज्य सघका अध्यक्ष मनाेज न्याच्छ्रयाे्ले ग्रील उध्योगिका समस्या समाधान गर्न आफू ललितपुर उध्योग बाणिज्य सघले पहल गर्ने बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij