
ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले महासघमा आबद्ध जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यहरुलाइ एक दिवसीय “Motivational Programm on Dyanamic Business Leadership” दिईएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायिहरुलाइ सगठित गर्न ब्यवसायलाइ ब्यवस्थित गर्न आफ्नो ब्यवसायलाई बढाउन एक आपसमा भाइचाराको बिकास गर्दै ब्यवसायिहरुबिच सहयोगात्मक भावनाको बिकास गर्न मद्द्त मिल्ने भएकोले काठमाडौबाट सुरु गरिएको र नेतृत्व बिकास तालिमलाई देशका अन्य भागहरुमा पनि क्रमश तालिम गर्दै लैजाने बताए।
कार्यक्रमका प्रशिक्षक रबिन कटुवालले यस्तो प्रशिक्षणबाट नेतृत्व बर्गलाइ ब्यवसायी बिच गएर साङ्गठनिक गतिबिधी सन्चालन गर्न आफ्नो ब्यवसायलाइ प्रबर्द्धन गरि राम्रो आयार्जन गर्न कर्मचारी र उपभोक्तासँग सौहार्दपुर्वक व्यवहार गरि अगाडि बढन मद्दत मिल्ने भएकोले यस किसिमको प्रशिक्षणको आवस्यकता सबैले महसुस गरेको बताए।
कार्यक्रमको समापन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठले यो तालिमले ग्रील ब्यवसायिहरुको नेतृत्व तहमा रहनुभएका लिडरहरुलाई थप ज्ञान् र हौसला मिलेको बताउँदै यहाँ सिकेको ज्ञानलाई आफ्नो आफ्नो कर्म क्षेत्रमा गएर अरुलाइ पनि सिकाउन अनुरोध गरेका थिए।
महासंघ , ललितपुर जिल्ला र काठमाडौ जिल्ला समिति र सो जिल्लामा आबद्द, क्षेत्रीय समिति र इकाइ समितिको नेतृत्व तहमा रहेका झण्डै एक सय सत्तरी जनाले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij