नयाँ ग्यास सिलिण्डर जडानको क्रममा काठमाडौंको तारकेश्वर स्थित डाँडागाउँमा ग्यास लिक भएर दुर्घटना भएको छ । हिजो बिहान भएको दुर्घटनाबाट एउटा कोठामा भाडामा बस्दै आएकी करिब २७ बर्षकी अस्मिता कार्की र उनकी ७-८ बर्षकी छोरी तथा ग्यास विक्रेता नवराज सुवेदी गरी ३ जना घाइते अवस्थामा छन् । स्थलगत अध्ययनकाे क्रममा ग्यासकाे भल्व र वासर लिकेज भएकाे पाइएकाे छ ।
आमा र छोरीलाई ग्रिन सिटी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । उनीहरुको आइसियुमा राखेर उपचार हुँदैछ । ग्यास विक्रेता सुवेदी नेपालटार आफ्नै डेरामा आराम गरिरहेका छन् । आगो सल्किएपछि तत्काल आफूहरु भाग्न सफल भएको कारण बाँच्न सकेको सुवेदीले सेतोघर डट कमलाई बताए । दुर्घटनाबाट घाइते अस्मिता कार्कीकाे अवस्था चिन्ताजनक रहेकाे छ ।
घटनाको प्रकृति :
नेपालटार स्थित नवराज सुवेदीले सञ्चालन गर्दै आएको राधाकृष्ण ग्यास सप्लायर्सबाट ओम ग्यास लिएर कोठामा गएकी ती महिलाले ग्यास सिलिण्डर रेगुलेटरमा जडान गरे पश्चात् ग्यासको गन्ध आएको महसुस गरिन् । ग्यास लिक भएको आशंकामा उनले ग्यासको रेगुलेटर बन्द गरेर ग्यास पसले नवराज सुवेदीलाई फोन गरिन् । ग्यास व्यवसायी सुवेदी ती महिलाको घरमा गए । ग्यासको रेगुलेटर जडान गरी आगो बालेका मात्रै के थिए, पहिले नै भुईंमा सङ्कलन भइरहेको ग्यासमा आगो सल्किएर कोठामा भएका तिनै जना व्यक्तिहरुलाई आगोले समात्यो ।
तत्काल आगो नियन्त्रणमा लिन उनीहरु सफल भएका कारण कोठामा भएको धनमाल तथा लत्ताकपडाको क्षति भएपनि आगो अन्यत्र फैलन भने पाएन ।
घटनाको विस्तृत जानकारी :
घटना हिजो विहान करिब ८ बजेको समयमा भएको हो । ग्यासको सिलिण्डरमा अनिवार्य हुनुपर्ने ओरिङ (वासर) नभएको कारण घटना भएको ग्यास विक्रेता महासंघ नेपालका कोषाध्यक्ष अर्जुन खत्रीले बताए । सिलिण्डरमा हुनुपर्ने वासर र भल्व लिकेज भएकाे सिलिण्डरमा शिल लगाएर बजारमा पठाउनु उद्याेगकाे समेत निकै ठूलाे लापरवाही भएकाे समेत खत्रीले बताएका छन् ।
यसकाे साथै कम्पनीले सम्बन्धित उद्योगबाट बजारमा ग्यास पठाउने क्रममा नै आफूले उपलब्ध गराएको सिलिण्डर पूर्ण रुपमा सुरक्षित छ कि छैन भन्ने परिक्षण गरेर मात्र पठाउनुपर्नेमा त्यसो हुन नसक्दा यस्ता प्रकृतिका घटनाहरु पछिल्लो समय बढिरहेको समेत खत्रीले बताएका छन् ।
आगामी दिनमा यस्ता घटनाहरु हुनबाट बच्नको निम्ति कम्पनीले पनि सिलिण्डर परिक्षण गरेर मात्र बजारमा पठाउनुपर्ने, व्यवसायीहरु पनि अनिवार्य रुपमा तालिम दिई प्रमाणिकरण गरेर मात्र व्यवसाय गर्ने वातावरण बन्नुपर्ने र सम्पूर्ण ग्यास उपभोक्ताहरुको निम्ति समेत व्यापक जनचेतना तथा जागरणमूलक प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने ग्यास व्यवसायी संघ काठमाडौंका अध्यक्ष विनोद काफ्लेको धारणा छ ।
ग्यासबाट हुन सक्ने दुर्घटनालाई लक्षित गरी पछिल्लो समय ग्यास कम्पनी तथा नेपाल सरकारबाट समेत यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अावश्यकता रहेकाे ग्यास विक्रेता महासंघ नेपालका महासचिव चन्द्र थापाकाे धारणा छ । व्यवसायीहरु आफैं सङ्गठित भई यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालनको प्रयाश गर्दै अाएका भएपनि अहिलेकाे यस घटनामा सम्बन्धित ग्यास व्यवसायी अाफैं दुर्घटनामा पर्नु निकै दुर्भाग्य भएकाे बताए । साथै विक्रेता विमा कार्यक्रम ल्याउनुपर्ने अावश्यकता रहेकाे समेत थापाकाे दृष्टिकाेण छ ।
महासचिव थापा ग्यास प्रयाेगकाे क्रममा हुन सक्ने सम्भावित भवितव्यबाट बच्नको लागि समयमा नै सचेत हुनुपर्ने बताउँछन् । थापा ग्यासकाे व्यवस्थित बजार र अात्मनिर्भर काराेबारकाे लागि देशैभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सचेतना विस्तारमा लागेका एक जागरुक व्यवसायी हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij