२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ग्यास विक्रेता संघ काठमाडाैंकाे १ नम्बर क्षेत्रीय भेला सम्पन्न, अधिवेसनबाट नयाँ नेतृत्व

ग्यास विक्रेता संघ काठमाडाैंकाे १ नम्बर क्षेत्रीय भेला सम्पन्न, अधिवेसनबाट नयाँ नेतृत्व

ग्यास विक्रेता संघ काठमाडाैंकाे १ नम्बर क्षेत्रीय भेला सम्पन्न भएकाे छ । साथै भेलाले नयाँ नेतृत्व समेत चयन गरेकाे छ ।  काठमाडाैं क्षेत्र नम्बर १ मा रामशरण पुडासैनीकाे नेतृत्वमा नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा निर्वाचित भएकाे हाे । नयाँ नेतृत्वले व्यावसायिक हकहितकाे निम्ति प्रयाप्त काम गर्ने अपेक्षा गरिएकाे छ । 

तारकेश्वर वडा नम्बर ८ का अध्यक्ष मनाेज घिमिरेकाे प्रमुख अातिथ्यतामा भएकाे अाजकाे कार्यक्रममा ग्यास व्यवसायलार्इ व्यवस्थित गर्नुपर्ने सम्बन्धमा विशेष जाेड दिइएकाे छ ।

ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापा, ग्यास विक्रेता संघ काठमाडाैंका अध्यक्ष विनाेद काफ्ले, क्षेत्र नम्बर १ का निवर्तमान अध्यक्ष रामशरण पुडासैनी लगायतका व्यक्तिहरूकाे उपस्थिति तथा मन्तव्य राखिएकाे अाजकाे कार्यक्रममा ग्यास काराेबारकाे क्रममा हुन सक्ने दुर्घटना, सुरक्षा तथा व्यवस्थित काराेबारकाे लागि गर्नुपर्ने पहल सम्बन्धमा विस्तृत छलफल भएकाे छ ।

ग्यास विक्रेता संघ काठमाडाैंका अध्यक्ष विनाेद काफ्लेले व्यवसायीहरूका समस्या समाधानकाे निम्ति व्यवसायीहरू एकजुट हुनुकाे विकल्प नरहेकाे कुरामा जाेड दिनुभएकाे थियाे । उहाँले ग्यास काराेबारमा हुँदै अाएकाे भ्याट खारेजी, कर्मचारीहरूकाे विमा, डिलरहरूकाे प्रमाणीकरण, लगानीकाे न्यूनतम ५ प्रतिशत कमिसन, तालिम प्राप्त डिलरहरूले मात्र ग्यास विक्री गर्न पाउनुपर्ने लगायतका व्यवस्था हुन सके मात्र ग्यास काराेबार व्यवस्थित र अात्मनिर्भर बन्न सक्ने कुरामा जाेड दिनुभएकाे थियाे ।

यसैगरी ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले ग्यास काराेबारलार्इ व्यवस्थित बनाएरै छाेड्ने अाफ्नाे प्रतिवद्दता दाेहाेर्याउँदै व्यवसाीहरूलार्इ ढुक्क हुन अाग्रह गर्नुभएकाे छ । ग्यास व्यवसायमा व्यवसायीहरूमा अज्ञानताकाे कारण काराेबारकाे क्रममा ट्याक्स, मिसम्याचिङ लगायतका समस्याहरू अाउन सक्नेमा व्यवसायीहरूलार्इ सचेत गराउनुभएकाे छ ।

उहाँले महासंघका पछिल्ला गतिविधिहरूकाे बारेमा जानकारी गराउँदै कतिपय व्यवसायीहरू ८-१० अाेटा सिलिण्डर किनेर डिलरसिप लिने प्रचलन रहेकाे र यसबाट वास्तविक व्यवसायीलार्इ अन्याय हुने साथै दुर्घटना लगायतका समस्या बढेर जाने कुरामा समेत व्यवसायीहरूकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

साथै यस क्षेत्रबाट दुर्घटना बढिरहेकाे र यसलार्इ नियन्त्रण गर्नकाे निम्ति नगर तथा वडा स्तरमा समेत विशेष कार्यक्रमहरू अायाेजना गर्नुपर्ने कुरामा उहाँकाे विशेष जाेड रहेकाे थियाे ।

यसैगरी कार्यक्रममा १ नम्बर क्षेत्रका अध्यक्ष रामशरण पुडासैनीले एचपी ग्यास काराेबार गर्ने व्यवसायीहरू अझ बढी समस्यामा रहेकाे बताउनुभयाे । साथै सबै ग्यास व्यवसायीहरूका समस्या समान किसिमका रहेकाे र यस्ताे अवस्थामा अावश्यक परे ४-६ दिन पूर्ण रूपमा अाफ्नाे व्यवसाय बन्द गरेर अान्दाेलनमा हाेमिनुपर्ने हुन सक्ने कुरामा समत व्यवसायीहरूलार्इ अाग्रह गर्नुभएकाे छ । सबै व्यवसायीहरू एकजुट हुन नसके अाफूहरूकाे अान्दाेलनलार्इ निर्णायक बहुन पनि सक्ने तर्फ उहाँकाे सङ्केत छ ।

यसैगरी तारकेश्वर वडा नम्बर ८ का अध्यक्ष मनाेज घिमिरेले ग्यास काराेबार संवेदनशिल रहेकाे भन्दै सबै सचेत हुनुपर्नेमा जाेड दिँदै अाफूहरूले वडा तथा नगरस्तरबाट गर्नुपर्ने सबै किसिमकाे सहयाेग र सहकार्यकाे निम्ति तत्पर रहेकाे बताउनुभएकाे छ । साथै एउटा वडा वा क्षेत्रमा कति ग्यास विक्रेता अावश्यक पर्छ ? साथै कुनै क्षेत्रमा नयाँ व्यवसायी थपिनु अावश्यक छ कि छैन भन्ने सम्बन्धमा ग्यास व्यवसायी संघ वा महासंघकाे सिफारिस अावश्यक पर्ने व्यवस्था गर्नसके व्यवसायलार्इ थप व्यवस्थित बनाउन सकिने कुरामा जाेड दिनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij