
रूपन्देही ग्यास विक्रेता संघकाे चाैथाे अधिवेसनबाट अाज प्रदीप पन्थ निर्विराेध निर्वाचित हुनुभएकाे छ । नेता छविलाल विश्व्कर्माकाे प्रमुख अातिथ्यतामा उद्घाटन भएकाे उक्त कार्यक्रममा वाणिज्य कार्यालयका वेद प्रसाद उपाध्याय, अधिकृत ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल, रूपन्देही उद्याेग संघका अध्यक्ष गणेश अधिकारी, उद्याेग वाणिज्य संघबाट खेमराज हमाल, व्यापार संघबाट पदम श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
रूपन्देही ग्यास विक्रेता संघ अधिकृत ग्यास विक्रेता महासंघ अन्तरगतकाे एक शशक्त जिल्ला संघ हाे । व्यवसायलार्इ मर्यादित बनाउनकाे निम्ति निरन्तर लागिरहेकाे यस संघलार्इ नवनियुक्त अध्यक्ष पन्थले कसरी अघी बढाउने हुन् भन्ने सम्बन्धमा देशभरका ग्यास व्यवसायीहरूले निकै चासाेकाे साथ हेरिरहेका छन् । ग्यास व्यवसायीहरू ठाउँ-ठाउँमा अान्दाेलित भर्इरहेकाे अहिलेकाे अवस्थामा अध्यक्ष बनेका पन्थकाे यस क्षेत्रकाे भाेगार्इ र अबका याेजना सम्बन्धमा हामीले संक्षिप्त कुराकानी गरेका थियाैं । कुराकानीकाे क्रममा अाफू निर्वाचित भएसँगै यस सेताेघर डट कम अनलाइनसँग संक्षिप्त प्रतिक्रिया दिँ
दै उहाँले समग्र ग्यास व्यवसायीहरूकाे निम्ति अाफू निरन्तर रूपमा विभिन्न तहबाट लागिरहने बताउनुभएकाे छ ।
व्यवसाय मर्यादित बन्नुपर्छ, अनाधिकारिक व्यवसाय बन्द हुनुपर्छ ः
हाल रूपन्देही जिल्लामा ४ सय ७८ जना व्यवसायीहरू ग्यास वितरक संघमा अावद्द भर्इ व्यवसाय गर्दै अाएकाे बताउँदै पन्थ अझै केही व्यक्तिहरूले सबडिलरकाे रूपमा ग्यास व्यवसाय सञ्चालन गर्दै अाएकाे र ती सबडिलरहरू वितरक संघमा पनि अावद्द नरहेकाे बताउँदै कि त त्यस्ता सबडिलरहरू बन्द हुनुपर्ने वा व्यवस्थित काराेबारमा जानुपर्ने मध्ये एक विकल्प छनाैट गर्न अाग्रह गर्नुभएकाे छ ।
न्यूनतम पूवार्धारयुक्त हुनुपर्छ ग्यास पसल ः
नेपालमा सबैभन्दा व्यवस्थित तवरले ग्यास काराेबार हुने जिल्लाकाे रूपमा रूपन्देही नै हुन सक्ने दावी गर्दै नवनियुक्त अध्यक्ष पन्तले अहिले रूपन्देही क्षेत्रका सबै ग्यास व्यवसायीहरूसँग अनिवार्य रूपमा ढकतराजु तथा फायर फार्इटर रहेकाे बताउनुभएकाे छ ।
व्यवस्थित काराेबारमा जाेड दिनुपर्छ, जनचेतनाकाे दायरा अझ बढ्नुपर्छ ः
ग्यास विक्रेता संघ ग्यास काराेबारलार्इ मर्यादित र व्यवस्थित बनाउनकाे निम्ति निरन्तर रूपमा लाग्दै अाएकाे दाबि गर्दै यसकाे निम्ति संघकै पहलमा जनचेतनामूलक कार्यक्रमहरू समेत अायाेजना गर्दै अाएकाे समेत पन्थले बताउनुभएकाे छ ।
न्युनतम ५ प्रतिशत मुनाफा पाउनुपर्छ ः
ग्यास काराेबारलार्इ व्यवस्थित बनाउन पहल गर्ने उद्देश्यले नै वि.सं २०६७ मा रूपन्देही ग्यास वितरक संघकाे स्थापना गरिएकाे हाे । अहिले देशभर नै ग्यास व्यवसायीहरू निकै नै समस्यामा रहेकाे बताउँदै उहाँले अहिलेकाे अवस्थामा न्यूनतम ५ प्रतिशत मुनाफा नहुने हाे भने यस व्यवसायमा टिक्न सक्ने अवस्था नरहेकाे समेत बताउनुभयाे । व्यवस्थित बजार र अात्मनिर्भर काराेबारकाे अावश्यकता रहेकाे समेत पन्त बताउनुहुन्छ ।
बुटबल क्षेत्रमा ग्यास व्यवसाय ः
अहिले रूपन्देही जिल्लामा ४ अाेटा ग्यास उद्याेगहरू सञ्चालनमा छन् । सिद्दार्थ, त्रिशुल, स्वस्तिक र बुटबल ग्यास उद्याेग । तर यी उद्याेगहरूले विक्री गर्ने ग्यासकाे तुलनामा निकै लामाे दूरीबाट अाउने ग्यास उद्याेगहरूले स्थानीय डिलरहरूलार्इ बढी मार्जिन दिन सफल छन् । यसैकारण स्थानीय ग्यास उद्याेगकाे तुलनामा बाह्य क्षेत्रका जानकी, बाबा, सार्इबाबा, लुम्बिनी लगायतका ग्यास उद्याेगहरूकाे बजार बलियाे छ । रूपन्देहीमा सबैभन्दा बढी चलेकाे ग्यास सिलिन्डर जानकी भएकाे विक्रेता संघका अध्यक्ष पन्थ बताउनुहुन्छ । त्यसपछि क्रमशः त्रिशुल, स्वस्तिक, बुटबल लगायत छन् ।
स्थानीयमा सिलिन्डरमा कम मुनाफा ः उद्याेग भन्छन् निरन्तर घाटामा छाैं
स्थानीय उद्याेगहरूले प्रदान गर्ने मुनाफा कम भएकाे सम्बन्धमा ग्यास वितरक संघ र उद्याेग प्रतिनिधिहरू सँग निरन्तर छलफल भएकाे भएपनि उद्याेगीहरू अाफूहरू निरन्तर घाटामा नै चलिरहेकाे दाबी गर्छन् । तर ग्यास वितरक संघ टीमले तपार्इहरू निरन्तर घाटामा भए ती उद्याेग हामीलार्इ विक्री गर्नुस् भन्दा तत्काल अाफूहरू उद्याेग बेच्न तयार नरहेकाे बताउने समेत पन्थले बताउनुभयाे ।
कानुन सबैले मान्नुपर्छ ः पन्थ
अहिले रूपन्देहीमा सञ्चालनमा रहेका ग्यास उद्याेगहरूले नेपाल सरकारले ताेकेका सबै नियमहरू पालना नगरेकाे बताउँदै पन्थ कानुन सबैलार्इ समान रूपमा लागु हुुनुपर्ने बताउनुहुन्छ । ग्यास उद्याेगले सिलिन्डरकाे धराैटी बापत लिने शुल्क नेपाल बैंकमा खाता खाेली जम्मा गर्नुपर्ने नीति नेपाल सरकारकाे भएपनि अहिले सम्म रूपन्देही क्षेत्रका ग्यास उद्याेगहरूले त्यसाे नगरेकाे भन्दै यसलार्इ व्यवस्थित गर्नसके ग्राहककाे लगानी समेत सुरक्षित हुने धारणा राख्नुहुन्छ अध्यक्ष पन्थ ।
सरकारले ग्यास विक्रेताकाे पक्षमा काम गरेन ः
नेपालमा अहिले पनि ग्यास विक्रेताहरूकाे पक्षमा नेपाल सरकारले केही काम पनि गर्न नसकेकाे पन्थकाे अाराेप छ । पेट्राेल पम्प सञ्चालनकाे क्रममा ४ प्रतिशत मुनाफा दिइने तर साेही प्रकृतिकाे व्यवसायकाे रूपमा रहेकाे ग्यासमा भने प्रतिसिलिण्डर ३२ मात्र रहने र ४ रूपियाँ अनिवार्य राज्यलार्इ करबापत तिर्नुपर्ने कारण व्यवसाय धान्न नसकिने अवस्था रहेकाे र यसबाट दैनिक जीवनयापन गर्न नसकिने अवस्था रहेकाे समेत बताउनुयाे ।
जथाभावी काराेबार राेकिनुपर्छ ः
अहिले नेपालमा ग्यास व्यवसाय निकै संवेदनशिल व्यवसाय हुँदाहुँदै पनि जथाभावी रूपमा यसकाे काराेबार हुँदै अाएकाे छ । किराना पसल, तरकारी पसल तथा अाैषधी पसलमा समेत ग्यास विक्री गर्ने प्रचलन रहेकाे कारण यसलार्इ व्यवस्थित बनाउनुपर्ने अावश्यकता अाैंल्याउनुहुन्छ पन्थ ।
१५ बर्ष देखि ग्यास व्यवसायमा संलग्न पन्थ रूपन्देही स्थित विभिन्न सामाजिक संस्थाहरूमा समेत जाेडिनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij