२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गोरखाको खानिगाउँमा पहिरो जाँदा ७२ घरधुरी जोखिममा

गोरखाको खानिगाउँमा पहिरो जाँदा ७२ घरधुरी जोखिममा

गोरखा । पहिरोका कारण गोरखाको धार्चे गाउँपालिका-७ लापुस्थित खानीगाउँका ७२ घरधुरी जोखिममा परेका छन् । अविरल वर्षका कारण आइतबार बिहान बस्ती नजिकैको जङगाङ डाँडामा पहिरो जाँदा जोखिम बढेको हो ।

पहिरो गाउँ नजिकै पुगेपछि ११ घरधुरी भने बिस्थापित भइसकेको स्थानीय सुशील गुरुङले बताए । ‘यता डाँडाको पहिरो गाउँ नजिकै आइपुगेको छ, फेरि गाउँको बीचमा जमिनको धाजा फाटेको छ, हामी सबै त्रासमा छौ ।’ उनले भने ।

विस्थापित भएका ११ घरधुरीका मानिसहरु आफन्तको शरणमा गएको उनले जानकारी दिए । वर्षातका कारण धाजा फाटेको जमिनमा पानी छिरेर वस्ती नै भासिन सक्ने जोखिम रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij