गुल्मीकाे मुसिकोट नगरपालिका ५ को आपचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गाेकर्ण बिष्टले स्थानीय जनताको उत्साहका आधारमा गुल्मीको पहिचान बोकेको आँपचौरलाई देशकै नमुना कफि उत्पादन गर्ने गाउँको रुसमा विकास गर्ने बताए । उनले भने, ‘ युवाहरु वैदेशिक रोजगारीमा छ्न्, तर, कफिमा गुल्मीको पहिचान बोकेको गाउँ अलपत्र छ । स्थानीय जनताको इच्छा र चाहाना भए कफिमै नमुना काम गर्न सकिन्छ ।’
एमालेका सचिव तथा गुल्मी क्षेत्र नं. २ का नवनिर्वाचि सांसद समेत रहेका गोकर्ण बिष्टले ५ नम्बर प्रदेशको राजधानी गौतमबुद्धको जन्मस्थललाई सम्मान गर्दै लुम्बिनीमा हुनु पर्नेमा जोड दिएका छन् । उनले राजधानी तोक्ने जिम्मा प्रदेश सभाको भएकाले राजधानी तोक्ने काम प्रदेश सभाले गर्ने बताए ।