२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गुडिरहेको जीप बाढिले बगाउँदा बझाङमा ३ जनाको मृत्यु

गुडिरहेको जीप बाढिले बगाउँदा बझाङमा ३ जनाको मृत्यु

बझाङमा गुडिरहेको जीप बाढिले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बेलुका तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत जयपृथ्वी नगरपालिका –७, सुबेडाको चौठे खोलाले बगाएको हो ।

मृत्युु हुनेहरुमा जीप चालक कञ्चनपुरका २८ वर्षीय रमेश चन्द, खप्तडछान्ना गाँउपालिका–२, लामातोलाका ३२ वर्षीय ओमराज बन र केदारस्युँ गाँउपालिका–१, चौडालाका २८ वर्षीय असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप खोलाले बगाएर झण्डै ५० मिटर तल पुरिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएकाले बिहीबार दिउँसो साढे २ बजेमात्र शव निकालिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij