जाजरकोट । गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताए ।
जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सबैभन्दा बढी गिद्ध र रेडपाण्डा पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिज जाजरकोटमै पाइन्छ ।
जाजरकोटमा पाइने यी लोपोन्मुख प्रजातिको संरक्षणमा स्थानीय सरकार गम्भीर बन्न नसकेकोमा दुःख व्यक्त गरिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij