२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

खुल्याे अपि पावरको हकप्रद शेयरमकाे आवेदन

खुल्याे अपि पावरको हकप्रद शेयरमकाे आवेदन

 

अपि पावर कम्पनी लिमिटेडले आज साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ।

कम्पनीको हकप्रद शेयरमा असार २१ गतेसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले भदौ १९ गतेसम्म आबेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। त्यस्तै, हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij