२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

क्षेत्र नम्बर ६ निकै राम्राे सम्भावनायुक्त क्षेत्र रहेकाे सङ्ग्राैलाकाे दाबी

क्षेत्र नम्बर ६ निकै राम्राे सम्भावनायुक्त क्षेत्र रहेकाे सङ्ग्राैलाकाे दाबी

लामो समय देखि पार्टीमा संगठकको रुपमा काम गर्दै आएका योगेन्द्र सङ्ग्रौला काठमाडौंमा मंसीर २१ गते हुन लागेको प्रदेशसभा चुनावमा क्षेत्र नम्बर ६ (ख) बाट उम्मेद्वारी दिएका छन् । आफू चुनावमा उठेको क्षेत्रकै स्थानीय बासिन्दा भएको साथै आफू जनताका समस्याहरु मसिनो गरी जानकारी प्राप्त गरेको  र जनताका समस्यामा निकै संवेदनशिल रहेकाे कारण जनताहरुले भोटको माध्यमबाट आफूलाई विजयी बनाउनेमा ढुक्क रहेको सङ्ग्रौलाको दावी छ ।

शिक्षा र स्वास्थ्यमा सबैको पहुँच स्थापना गर्नुपर्ने बताउँदै निश्चित उमेर पुगेका र फरक शारीरिक अवस्था भएका व्यक्तिहरुलाई लक्षित गरी विशेष स्वास्थ्य योजना ल्याउने कार्यलाई प्राथमिकताको साथ अघी बढाउने समेत उनले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताएका छन् ।
स्राेत र साधनले अाफ्नाे चुनावी क्षेत्र सम्पन्न रहेकाे दावी गर्दै  उनी भन्छन्, ‘म अहिले जुन क्षेत्रबाट उम्मेदवारी दिएको छु, यो ठाउँ स्रोत र साधनको हिसाबले निकै नै सम्पन्न क्षेत्र हो । प्राकृतिक वातावरण, खेतीपाती, फलफूल, सम्भावित पर्यटकीय स्थलहरु लगायतका हिसाबले यस क्षेत्रलाई निकै राम्रो सम्भावित क्षेत्रको रुपमा लिन सकिन्छ । साथै यस ठाऊँलाई विशेष ग्रामीण पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्ने कुरा मैले पहिले देखि नै उठाउँदै आएको छु ।’

काठमाडौंको क्षेत्र नम्बर ६ प्राकृतिक संरचनाको हिसाबले निकै नै राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको समेत सङ्ग्रौलाको दावी छ । माथिल्लो भागलाई पर्यटकीय स्थल बनाउन सकिने, अलि तलको मध्य क्षेत्रमा निकै राम्रो फाँट रहेको (जहाँ विभिन्न कृषिजन्य वस्तुहरु उत्पादन गर्न सकिने) साथै त्यहाँबाट अझै तल झर्ने हो भने गोंगबु र सामाखुसी जस्ता निकै राम्रा शहरहरु रहेको (जहाँ नजिकैको ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरु विक्री वितरण गर्न सकिन्छ ।) कारण यस क्षेत्रलाई प्रकृतिले नै नमुना क्षेत्रको रुपमा निर्माण गरिदिएको हुनाले तुलनात्मक रुपमा क्षेत्र नम्बर ६ को विकास सहज रहेको सङ्ग्रौलाको दाबी छ, उनी भन्छन्, ‘एउटै निर्वाचन क्षेत्रबाट नै शहर, फाँट र ग्रामीण भेगमा हुने भिन्न–भिन्न विविधतायुक्त परिस्थितिबाट सोही बमोजिमको लाभ हामीले लिन सक्छौं । यसको निम्ति ती सबै स्रोतको परिचालन गर्न सक्ने सक्षम नेतृत्वको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij