२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

क्लासिक भ्यू रिसोर्टले आईपीओ जारी गर्ने

क्लासिक भ्यू रिसोर्टले आईपीओ जारी गर्ने

क्लासिक भ्यू रिसोर्टले आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यू रिसोर्टले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १४ प्रतिशतले हुन आउने १०० रूपैयाँ अङ्कित मूल्यमा १० लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ जारी गर्नका लागि कम्पनीले एनआईसी एशिया क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको क्लासिक भ्यूका अध्यक्ष ी मुकुन्द राज कुँवरले जानकारी दिए ।

क्लासिक भ्यू रिसोर्ट १९ रोपनी क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij