दार्चुला धुलेगढा गाविस ७ की कलावती धामीले छोरा रोसन धामीको स्वास्थ्य उपचारको सहयोगको आग्रह गरेकी छिन् ।
उनका ४ बर्षिय छाेरा रोसन धामी क्यान्सरबाट पीडित छन् । एक्लो छोरो दुधेबालक रोसन धामीको भक्तपुर स्थित विपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
छोराको उपचारकै क्रममा आफ्नो सबै जायजेथा सकिइसकेको र अझै थप रकम उपचारको निम्ति खर्च लाग्ने चिकित्सकहरुले जानकारी गराई रकम संकलन गर्न लगाएको बताइन् ।
सेतोघर अनलाइन मिडियासँगको कुराकानीको क्रममा उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण आर्थिक सहयोगको लागि नेपाल सरकार, विभिन्न संघसंस्था, राजनीतिक दल, विदेशमा रहेका नेपालीहरु लगायतलाई आग्रह गरिन् ।
विभिन्न व्यक्ति तथा संस्थाको सानो आर्थिक सहयोगको कारण कुनै व्यक्ति मृत्युको मुखबाट जोगिन सक्छ भने त्यसको निम्ति खुलेर सहयोग गर्नुपर्नेमा सेतोघर मिडिया पनि प्रतिवद्ध रुपमा लाग्ने जानकारी गराउँदै यहाँहरुले पनि सहयोग गरिदिनुहुन हामी आग्रह गर्दछौं ।
सहयोगको लागि सेतोघर डट कमका दीपक घिमिरे (९८४५४५८९७६), सामथ्र्य नेपालका अध्यक्ष अर्जुन भुसाल (९८५५०५४३४१), राजकुमार (९८५५०५४१४५) युवा शशक्तिकरण अभियानका अध्यक्ष सुसान्त सर्मा (९८०८९४२२२९), युवा शशक्तिकरण अभियानका सचिव कमल पन्थी (९८५११९०८७५) लगायतका व्यक्तिहरुलार्ई सम्पर्क गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij