भबिष्यको एउटा आशा अनि उमंग बोकेर रास्ट्र सेवाका लागि कटिबद्ध भएर सत्य सेवा सुरक्षणमको पबित्र मन्त्र बोकेर तालिममा छिरेका भविष्यका नक्षत्रहरुलाई अभागी भनुँ भने कसरी भनुँ ! किनकि रास्ट्र सेवाको नबिर्सिने भारी बोकेका ति नौजवानहरु प्रति देले ठुलो आशा गरेको छ।
आफ्नो अथक परिश्रम र मेहनतका बाबजुद आफ्नो ज्ञान र सिपको उपयोग गरी भबिस्यको मिठो सपना बोकेर तालिमको उत्तरार्द्धमा पुगेका रास्ट्रका पहरेदारहरु लाई अभागी भनुँ भने कसरी भनुँ !
कसैको रहर हुन सक्छ , कसैको बाध्यता हुन सक्छ तर उद्देश्य एउटै छ: रास्ट्र सेवा जस्तो गहन जिम्मेवारी अनि रास्ट्रको सुरक्षाको अहम कर्तव्य । त्यसैले यति ठुलो उद्देश्यमा रहेका ति होनहार ताराहरुलाई अभागी म कसरी भनुँ !
तालिमका कठिन भन्दा कठिन अवस्थाहरु पार गर्दै अनुशासन र कर्तव्यको लक्ष्मण रेखामा बाँधिदै गन्तव्यको उत्तरार्धमा आई पुगेका पृथ्वीका भगवान सरहका ति सुर्य देवताहरुलाई अभागी भनुँ भने कसरी भनुँ !
कठिन भन्दा कठिन परिस्थिति सँग जुझ्दै नीति नियम र एेनहरुको हरेक पत्र पत्रमा नाम लेख्दै कानुनको रक्षक बन्ने ति होनहार ताराहरुलाई अभागी कसरी भनुँ । गोडा फाट र सतर्कको कसममा भोल को प्राकृतिक विपत्ति संग जुध्ने सामर्थ्य भएका ति सगरमाथाका शिरहरुलाई अभागी कसरी भनुँ।
सत्य र न्यायको एक एक बुँदालाई आत्मसात गर्दै भोली नागरिकलाई न्याय दिने ति न्याय मुर्तिहरुलाई अभागी म कसरी भनुँ ! साँच्चै भन्नुपर्दा भोलिको सभ्य समाजको निर्माणमा होस्टेमा हैँसे गर्ने सभ्यताका प्रतिमुर्तिहरुलाई अभागी म कसरी भनुँ !
साँच्चै आज विस्व आक्रान्त छ त्यसमा नेपाल पनि अछुतो छैन। पहिलो कुरा राजनीतिक तरंगता सँगै पिजिडिपिएस ११ ले तालिमको अबधिमा ३ वटा आईजिपि परिवर्तन गरिसक्यो। त्यति मात्र होइन तालिमको यो अबधि सम्म पाँच वटा एआईजिपि परिवर्तन हुँदा पाँच वटा अभिभावक देखी सक्यो। सायद यो पहिलो होला। त्यस्तै चार वटा सिआई र सहायक सिआई पनि परिवर्तन भैसके। यो त एउटा प्रसासनिक कुरा भयो। यो एउटा परिस्थितिले निम्त्याएको नियमित प्रक्रिया हो ।
साँच्चै भन्नुपर्दा तालिमको महत्त्वपूर्ण पक्ष देश दर्शन जस्तो महत्त्वपूर्ण पाटोबाट बन्चित हुनुपर्यो। जसबाट धेरै महत्वपुर्ण कुराहरु सिक्ने अबसर प्राप्त हुन्थ्यो अनि तालिममा भएको ह्याङलाई उत्सर्जन गर्ने एउटा महत्वपूर्ण बाटोलाई भयानक रुपमा फैलिएको महामारिले तुषारापात गरिदियो ।
अर्को महत्वपूर्ण पक्ष यहि महामारिका कारण ब्याबहारिक अध्ययन यानिकी फिल्ड अट्याचमेन्ट जस्तो सारै महत्वपूर्ण पाटो बाट अलग रहनु पर्ने बाध्यता आईदियो।किनकी जागीर को पहिलो खुड्किला को महत्त्वपूर्ण आधार लाई पनि तिलान्जली दिनुपर्ने बाध्यता आईदियो।भोलि को प्राकृतिक बिपत्ति संग झुझ्ने महत्वपूर्ण पाटो बिपद उद्दार लाई पनि यो पापी कोरोना ले त्रीशुली मै बगाई दियो।पुर्ब तयारी मा अपनाईने रणनीति लाई ब्यबहारिक रुपमा देखाउन यो एउटा कोशेढुङ्गा नै थियो।
साँच्चै भन्नुपर्दा दुखको कुरा अनि अभागी हुनुको पाटो यसैगरी महामारी फैलीरहे दिक्षान्त समाहरोहलाई पर्खेर बसेका अभिभावक हरु पनि खल्लो रहने अवस्था आउन सक्छ।आ फ्ना प्रियजनहरुको दिक्षान्तमा सयपत्रीको माला र दहिको सगुन संगै आशीर्वाद दिने र लिने महत्त्वपूर्ण क्षण अधुरो रहन सक्छ। सामाजिक दुरिको प्रभावले एउटा सानो कार्यक्रममा यति ठुलो महत्वपूर्ण क्षण औपचारिकता मा सिमित रहन सक्छ ।यो बास्तबमा एउटा दशै तिहार जत्तिकै महत्त्वपूर्ण चाड हो।
किनकि यति ठुलो महामारी लाई रोक्न हामी सबैको कर्तव्य बमोजिम रास्ट्रकै ठुलो उत्सब मानिने प्रधानमन्त्री ,गृहमन्त्री अनि प्रहरी महानिरीक्षक लगायतका बिशिस्ट सहित हजारौं उपस्थित हुने दिक्षान्त समारोह औपचारिकतामै सीमित रहन सक्छ।
यसैले मैले अभागी भन्न खोजेँ। तर आशा गरौँ हिजो जे भएपनि दिक्षान्त समारोह भगवानको कृपाले भब्य र सभ्य बन्न सकोस् शुभकामना र भगवान पशुपतिनाथसँग प्रार्थना अनि
– सुधाकर राजेश
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij