२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोनाको त्रास र नेपाली उद्योग र अर्थतन्त्रमा प्रभाव

कोरोनाको त्रास र नेपाली उद्योग र अर्थतन्त्रमा प्रभाव

रामकृष्ण न्याैपाने

२०१९ डिसेम्बरको अन्त्यतिर चिनको वुहान राज्यबाट शुरु भएको कोभिड–१९ (कोरोना) विश्वभर महामारीको रुपमा फैलिएको छ । यसको असर अमेरीका, युरोप लगायत एसियामा पनि धेरै नै परेको छ ।

नेपाल सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत दोस्रो सातादेखि देशभर लकडाउन गरेको छ । जुन एकदमै आवश्यक थियो र यो नेपाल सरकारको सराहनिय कार्य पनि हो । यस्तो अवस्थामा हामी सम्पुर्ण नागरिकहरुले लकडाउनको पूर्ण रुपमा पालना गरी सुरक्षित तरिकाले आ–आफ्नो घरमा संयमित तरिकाले बस्नुपर्छ ।

यस लकडाउनको अवधिलाई सरकारले विदेशबाट आएका र उनीहरुका सम्र्पकमा आएकाहरुलाई व्यापक रुपमा खोजी गरी परीक्षण गरी क्वारेन्टाइनमा राख्नुपर्दछ र उपचार गराई जोखिम न्यूनिकरण गर्न सकिन्छ । यस महामारीबाट पार पाउनु कुनै पनि देशको वशको कुरा होइन । मानव जातिको स्वास्थ्य माथि नै आइपरेको यस्तो संकटको सामना एक्लै गर्न सम्भव छैन । नेपालमा पनि यसको नियन्त्रणको लागि केन्द्र सरकार मात्र होइन, प्रदेश र स्थानिय तह सबै आफ्नो क्षमता अनुरुप नियन्त्रण गर्न सहयोग गर्नुपर्दछ ।

कोरोना भाईरसको कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने देखिन्छ । नेपालमा पनि यसको असर तदनुसार नै पर्ने देखिन्छ । नेपालमा पनि अहिलेको परीस्थितिमा २०७२ सालको विनाशकारी भुकम्प र लगत्तैको नाकाबन्दी जस्तो अवस्था होइन । त्यो भन्दा विषम परिस्थिति हो । नाकाबन्दी र भुकम्प पछि बामे सर्न खोजेको नेपाली उद्योग क्षेत्रलाई लकडाउन पछिको अवस्थाले असर गर्ने नै छ ।

यस्तो अवस्थामा नेपाल सरकारले ठूलो समस्या तथा आंशिक रुपमा प्रभावित उद्योग क्षेत्रलाई जीवन्त ल्याउन ठोस योजना सहित कार्ययोजना अघी बढाउनु आवश्यक छ । यसकाे लागि बैक तथा वित्तिय संस्थाहरुको ब्याजदर घटाउनर  आइपरेका सम्पूर्ण समस्याहरु जुध्नकाे लागि कामदारहरुको उचित व्यवस्थापन समेत गर्नु अावश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij