२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोनाका कारण विश्वभर ५५ लाख ८२ हजार संक्रमित, ३ लाख ४७ हजार बढीको मृत्यु

कोरोनाका कारण विश्वभर ५५ लाख ८२ हजार संक्रमित, ३ लाख ४७ हजार बढीको मृत्यु

एजेन्सी । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ४७ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५५ लाख ८२ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २३ लाख ६१ हजारपुगेको छ ।

पछिल्लो २४ घण्टामा तुलनात्मक रुपले कम मृत्यु भएको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या ९९ हजार ८ सय भन्दा बढी छ । कुल संक्रमित १७ लाख ५ हजार भन्दा बढी पुगेको छ । यसै गरी ब्राजिलमा कुल मृत्यु २३ हजार ४ सय ७३ छ भने संक्रमित ३ लाख ७४ हजार ८ सय ९८ छ ।

रुसमा ३ लाख ५३ हजार ४ सय २७ स.क्रमित छन् भने ३ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । स्पेनमा नयाँ संक्रमण र नयाँ मृत्युको कुनै रेकर्ड देखिएको छैन । त्यहाँ कुल २ लाख ८२ हजार बढी संक्रमित छन् भने २६ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार १ सय ८४ जना संक्रमित छन् । ईटालीमा ३२ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार एक सय ५८ जना संक्रमित छन् ।

जर्मनीमा एक लाख ८० हजार ७ सय ८९ संक्रमित छन् भने ८ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । टर्कीमा एक लाख ५७ हजार ८ सय १४ जना संक्रमित छन् भने ४ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ ।

भारतमा एक लाख ४४ हजार ९ सय ५० जना संक्रमित छन् भने ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij