
लसुन, प्याज, काउली, ब्रोकाउली, स्ट्राबेरी, गोलभेंडा लगायत कोरियन मूला, कोरियन क्याबेज, साङ्सु लगायतका तरकारीहरु हाल यस फार्ममा उत्पादन हुँदै आएका छन् ।

विचौलियाविहीन बजार अवधारणा :
आफ्नो उत्पादनलाई विचौलियाविहीन तवरले बजारीकरणको योजना बनाई सोही बमोजिम विभिन्न किसिमका तरकारीहरु उत्पादन तथा बजारीकरण गर्दै आउनुभएका चापागाईं नेपालमा कृषिको क्षेत्रमा राज्यको तर्फबाट जुन तवरले सहयोग प्राप्त हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै अहिले पनि कृषि क्षेत्र निकै चुनौतीपूर्ण भएको बताउनुहुन्छ । साथै कृषिको अहिलेको मुख्य समस्या विचौलियापन नै रहेको कारण यसलाई अन्त्य नगरेसम्म कृषि क्षेत्र माथि उठ्न नसक्ने बताउँदै नेपालमा कृषिमा नयाँ अभ्यासको आवश्यकता रहेको कारण आफूहरु कृषि क्षेत्रमा होमिएको बताउँदै चापागाईं बताउनुहुन्छ ।
कृषिको क्षेत्रमा अहिले पनि सबैभन्दा ठूलो फाइदा मध्यस्थकर्ताहरुले नै लिंदै आएका छन् । यसले गर्दा कृषि क्षेत्रबाट न त कृषक लाभान्वित हुन सकेका छन् भने न त उपभोक्ता नै लाभान्वित हुन सकेका छन् ।
जग्गाको अधिक उपयोगमा जोड :
कुनै पनि समयमा आफू मातहतको जग्गा बाँझो नरहने गरी कृषि कार्य गर्दै आउनुभएको छ चापागार्इंं । यसैकारण माघ १५ देखि गोलभेंडाका विरुवा रोप्ने र पहिले नै रोपिसकेको गोलभेंडाहरु टिप्ने समयमा रोपेर उम्रिएका विरुवाहरु खेतमा रोप्न सकिने गरी उहाँले व्यवस्था मिलाउँदै आउनुभएको छ ।
आगामी योजना :
नेपालमा कृषिको क्षेत्रमा रहेर काम गर्ने क्रममा अहिले पनि समस्याहरु निकै धेरै छन् । कृषिको क्षेत्रमा युवा पुस्ता आकर्षित हुन सक्ने अवस्था नभएको कारण कृषि व्यावसायिक दिशामा अघी बढ्न सकेको छैन । यसो हुनुमा राज्यको नीति पनि बाधक छ ।
कृषिमा सहज छैन कर्जा :
राज्यले घर, जग्गा, गाडी लगायतको निम्ति सजिलै कर्जा दिँदै आएको भएपनि बहुसङ्ख्यक नेपालीहरु आवद्ध रहेको कृषिमा भने लगानी गर्नबाट हिच्किच्याइरहेको अवस्था छ । नेपालमा कृषिको क्षेत्रमा काम गर्ने अधिकांश व्यक्तिहरु अहिले पनि सामान्य आर्थिक अवस्थाका नै भएको कुरालाई ख्याल नगर्दा र सोही अनुरुप नीति नबन्दा कृषिको क्षेत्रबाट युवाहरु पलायन हुनुपरेको हो । यसको अलावा कृषिको क्षेत्रमा काम गर्ने क्रममा सामान्य कृषकहरुलाई प्राविधिक ज्ञान, रसायन र विषादीको प्रयोग लगायत सम्बन्धमा पनि जानकारी छैन । जसले गर्दा अहिले नेपालमा ६०-६५ प्रतिशत मानिसहरु कृषिमा आवद्ध हुँदाहुँदै पनि कृषि क्षेत्रले फड्को मार्न सकेको छैन । राज्यका नीतिनिर्माताहरुले कृषि क्षेत्रका पीडा बुझ्न नसकेको कारण अहिले कृषि सम्बन्धी बन्ने नीतिहरुमा कृषि क्षेत्रलाई सहयोग हुने किसिमले नीतिहरु बन्न नसकेका हुन् ।
नेको गु्रपसँगको सहकार्य M
नेपालमा कृषिको क्षेत्रमा काम गर्ने क्रममा आइपर्ने प्राविधिक समस्याहरुलाई न्यूनीकरण गर्न र कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित गर्ने मान्यता बमोजिम नेको (नेपाल कोरिया) ग्रुप समेच स्थापना गरिएको छ । कोरियन प्रविधिलाई नेपाली माटोमा प्रयोग गर्ने र सोही बमोजिम प्रविधि भित्र्याउने कार्य गर्ने मान्यता बमोजिम विगत ४ बर्ष देखि कोरियन प्रविधिहरु नेपालमा ल्याएको यस कम्पनीले कृषिको आधुनिकीकरणको निम्ति विशेष कार्य गर्दै आएको छ ।
हाल नेकोको गोदाम ग्राण्डी अस्पताल सँगै नेको एग्रोको नाममा सञ्चालनमा आएको छ । नेकोको उद्धेश्य भनेको आफैंले सामान कोरियाबाट आयात गर्ने र ती सामानहरु सिधै होलसेल÷खुद्राको माध्यमबाट कृषकहरुसँग पुग्ने गरी काम गर्न लागिएको छ । नेको ग्रुपमा हाल कोरियाका एकजना २५ बर्ष देखि हर्टिकल्चर सम्बन्धी काम गर्नुभएका विज्ञले सहयोग गर्दै आउनुभएको छ । हाल नमस्कार कृषि फार्म र नेकोको सहकार्यमा विदेशी प्रविधि नेपालमा भित्र्याउने र प्रविधिको नेपालमा परीक्षण तथा प्रयोग लगायतका विविध कामहरु हुँदै आएका छन् ।
लगानीको प्रतिफल लिन धैर्य गर्नुपर्छ :
अधिकांश नेपालीहरु बिना धैर्यता कृषि क्षेत्रबाट तत्काल नै प्रतिफल चाहने किसिमका हुनुहुन्छ । यसैकारण कृषि क्षेत्रका नवप्रवेशीहरु लामो समय टिक्न नसकेको अवस्था पनि देखिएको छ । बजार मूल्य एकै किसिमको नहुने, कृषि कार्य प्रकृतिमा नै निर्भर रहने लगायतका कारणले गर्दा कृषि क्षेत्रबाट कुनै कृषकहरु त बाहिरिएको अवस्था पनि छ ।
कुनै दिन प्रतिकिलो ८० रुपियाँ पुग्ने गोलभेँडा कुनै दिन प्रतिकिलो १० रुपियाँमा पनि विक्री गर्नुपर्ने अवस्था रहन्छ । यद्यपि १० रुपियाँमा नै विक्री गर्नुपर्दा पनि तत्कालको निम्ति नभई भविष्यलाई सोचेर कृषिमा निरन्तर रुपमा लागिरहनुपर्ने चापागाईं बताउनुहुन्छ । त्यही कारण नै आफू अहिलेको अवस्थामा आउन सकेको समेत ऊहाँले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij