काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी दुई विवादास्पद अध्यादेश सोमबार नै मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिबाट पनि अनुमोदित गराएका छन्।
उक्त अध्यादेश सोमबार राति नै राजपत्रमा प्रकाशित पनि भइसकेको छ।
प्रधानमन्त्रीको यो अनपेक्षित र आकस्मिक कदमपछि पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरु रुष्ट छन्।
दाहालकै दबाबमा सोमबार साँझ नै बोलाइएको नेकपा केन्द्रीय सचिवालय बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij