२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

के तपाइलाई ब्लड प्रेसर लो छ ? छ भने निम्न कुरामा ध्यान दिनुहोस् !

के तपाइलाई ब्लड प्रेसर लो छ ? छ भने निम्न कुरामा ध्यान दिनुहोस् !

दीपक घिमिरे काठमाण्डू ४०-४५ वर्षको उमेर पार गर्दा नगर्दै अधिकांश स्त्री–पुरुषहरु रक्तचापबाट पीडित देखिन्छन् । केही स्त्री– पुरुषहरुलाई उच्च रक्तचाप हुन्छ भने केही निम्न रक्तचापबाट पीडित हुन्छन् । चिकित्सा विशेषज्ञहरुका अनुसार निम्न रक्तचापको कारणले पनि रोगीलाई निकै बढी हानि हुने सम्भावना हुन्छ ।

रक्ताल्पताको विकृतिको कारणले निम्न रक्तचापको विकृति बढी हुन्छ । कुनै पनि कारणबाट शारीरिक कमजोरी भएर निम्न रक्तचापको उत्पति हुन्छ । भोजनमा पौष्टिक तत्वहरुको अभावबाट कमजोरीको साथै निम्न रक्तचाप पनि हुन्छ । कुनै दुर्घटनामा बढी रगत निस्किएको कारणले पनि शारीरिक कमजोरी हुन्छ । अत्यन्त मानसिक तनावमा बस्ने स्त्री र पुरुषहरुमा पनि निम्न रक्तचापको शिकार हुन्छन् ।अत्यधिक भय, चिन्ता र शोकको स्थितिमा पनि निम्न रक्तचापको रोगी बनाउन सक्छ । लामो समयमा मधुमेह, टाइफाइड, पखाला, आन्दामा जुका हुँदा पनि निम्न रक्तचापको उत्पति हुन्छ । स्त्रीहरु गर्भावस्थामा पौष्टिक आहार नदिँदा पनि निम्न रक्तचापबाट पीडित हुन्छन् ।
निम्न रक्तचापका शारीरिक कमजोरीको अनुभव बढी हुन्छ । स्वादको अत्यधिक कमीको कारणले निम्न रक्तचापको उत्पछि हून्छ, त्यसैले रोगीले हिडडुल गर्नमा अत्यन्त कठिनाइको अनुभव गर्छ । सिँढी चढ्न धेरै कठिन हुन्छ । मुटु बेस्सरी दुख्छ र सारा शरीर पसिनाले भिज्छ । मधुमेह स्त्री पुरुषहरुमा निर्बलताको लक्षण देखिन्छ । पुरुषहरुमा नपुंसकताका लक्षणहरु अत्यन्त हुन्छन्, जबकि स्त्रीहरुमा काम इच्छाको उत्पत्ति हुँदैन । यस्तो स्थितिमा भोक लाग्दैन, किनकि भोजनप्रति अरुचि हुन्छ । स्वादिष्ट सुगन्धले पनि रोगीलाई आकर्षित गर्दैन । भोक नष्ट हुन्छ । सोफा वा ओछ्यानबाट उठेर उभिदा आँखाको सामुन्ने अन्धकार छाउँछ र टाउको चक्रउन थाल्छ ।
अलिकति शारीरिक श्रम गर्दा पनि मुटु बेस्सरी धड्किन थाल्छ । टाउको पनि दुख्छ । रोगीलाई धेरै तिर्खा लाग्छ । निम्न रक्तचापको विकृतिमा रोगी ओछ्यानमा सुतिरहन चाहन्छ । कुनै पनि काम गर्न इच्छा हुँदैन ।

के खाने ?

रक्तअल्पताको कारणे निम्न रक्तचाप भएमा रोगीले धेरै फलफूल तरकारी र पौष्टिक खाद्य पदार्थहरको सेवन गर्नुपर्छ ।
प्रतिदिन भोजनमा गाँजर, मुला, काँक्रा आदिका सलाद लिनुपर्छ ।
हरियो सागको को सुप बनाएर प्रतिदिन सेवन गर्नुपर्छ ।
अनार, सुन्तला, अंगुर, स्याउँ, गाँजर, चुकन्दर आदि फलफूहरु खानुपर्छ या यी फलफूलहरुको जुस पिउनुपर्छ ।
अदुवा र नून मिलाएर खानुहोस् ।
अमला, स्याउँ र गाँजरको सेवन गर्नुहोस् ।
प्रतिदिन भोजनभन्दा पहिले ३०० ग्राम टमाटर काटेर त्यसमा सिधेनुन छर्केर खानुहोस् । टमाटरको रसमा नुन हालेर खानाले रक्ताल्पताको पनि लाभ हुन्छ ।
प्रतिदिन खजूर खानाले रक्ताल्पता नष्ट हुनेहुँदा निम्न रक्तचाप पनि नष्ट हुन्छ ।
दुधमा दुई तीन छोहरा निकै समयसम्म उमालेर सेवन गर्नाले शक्ति बढ्ने हुँदा निम्न रक्तचापको निवारण हुन्छ ।
२०० ग्राम गाँजरको रसमा ५० ग्राम पालुंगोको रस मिलाएर पिउनाले निकै लाभ हुन्छ ।
२५ ग्राम अमलाको रसमा १० ग्राम मह मिलाएर सेवन गर्नुहोस् ।
राती पानीमा बदामका तीन–चार गेडा हालेर राख्नुहोस् । प्रातः उठेर गेडालाई पिसेर खानाले दूध पिउनाले निम्न रक्तचाप नष्ट हुन्छ ।

के नखाने ?

धेरै गरिष्ठ, घीउ, तेलबाट बनेका पकवानहरुको सेवन नगर्नुहोस ।
तातो पिरो अमिलो र चटपटे खाद्य पदार्थहरुको सेवन नगर्नुहोस् ।
निम्न रक्तचापका रोगीले धेरै परिश्रमका कार्यहरु गर्नु हुँदैन सिँढीमा चढ्न र घाममा धेरै हिडडुल गर्नबाटबच्नुपर्छ ।
रोगीले एकैचोटी बढी मात्रामा भोजन गर्नुहुँदैन । थोरै थोरै मात्रामा दिनमा कैयौ पटक भोजन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij