२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कृषि विकास बैंक

कृषि विकास बैंकले सार्वजनिक गर्याे ओभरड्राफ्ट क्रेडिट कार्ड

कृषि विकास बैंकले सार्वजनिक गर्याे ओभरड्राफ्ट क्रेडिट कार्ड

२ लाख रुपियाँ सम्म ओभरड्राफ्ट सुविधा पाइने

काठमाडाैं । कृषि विकास बैंकले ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर शुभारम्भ भएको उक्त कार्डको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

उक्त सेवा प्राप्त गरेपछि ग्राहकहरु डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् । त्यस्तै, ग्राहकले कृषि विकास बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाख रुपैयाँसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्ने छन् ।

बैंकका अनुसार यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा ब्याज पाइने, कर्जाको सावाँ र ब्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेबिट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij