२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काेराेना अपडेटः नेपालमा ७ जना थपिए कोरोना भाइरस संक्रमित

काेराेना अपडेटः नेपालमा ७ जना थपिए कोरोना भाइरस संक्रमित

काठमाडौं । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका पहिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ । बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालगन्जमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij