काठमाडौँ – महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वृत प्रमुख रुगम कुँवरले एक जना नायब निरीक्षक-सई र एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि गरे। वृत, त्योसँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको कुँवरले जानकारी दिए।
काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij