२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कारागारबाट सांसद अरुण चौधरी रिहा

कारागारबाट सांसद अरुण चौधरी रिहा

राष्ट्रपतिबाट आम माफी पाएसँगै सांसद अरुण चौधरी रिहा भएका छन् ।  कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका हुन् ।

१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका कारण चौधरी सांसद निर्वाचित भएपछि  गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । उनलाइ वि.स. २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij