२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान

कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान

काठमाडौँ – वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ ।

कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन ।

‘अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन,’ अस्पतालका निर्देशक डा. गणेश राईले नयाँ पत्रिकासँग भने ।

उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटकपटक तोकता गरेको छ । तर, अघिल्लो वर्षभन्दा बजेट झन् घटेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij