काठमाडौं २० चैतः विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्, जसका कारण नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्मको यातायात प्रभावित भएको छ।
शिक्षक महासंघको अगुवाइमा विभिन्न स्थानबाट सुरु भएको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुँदैछ। प्रदर्शनका कारण सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा अवरोध सिर्जना भएको छ।
शिक्षकहरूको भनाइअनुसार आन्दोलनलाई शान्तिपूर्ण राख्न ८ सय स्वयंसेवक परिचालन गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij