नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट आफ्नो पार्टी कत्ति पनि विचलित नभएको दावी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले लोकतान्त्रिक मर्यादालाई ख्याल गरेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारे ।
काँग्रेसले विगतमा पनि लोकतान्त्रिक संस्कार, संस्कृति, परम्परा र मर्यादालाई ख्याल गरेर प्रतिपक्षको भूमिका निर्वाह गरेको नेता केसीको भनाई थियो ।
उनले आफू पार्टीभित्रको गुट अन्त्य गर्ने अभियानमा लागेको समेत जिकिर गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij