- दीपक घिमिरे l काठमाण्डू नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूचीमा नेपाली काँग्रेस नुवाकोटका पाँचजना नेता समेटिएका छन् । काँग्रेसले समानुपातिक तर्फ महिला, दलित र जनजातीलाई समेट्नेक्रममा नुवाकोटका एकजनालाई प्रतिनिधीसभा र चारजनालाई प्रदेशसभा तर्फ समेटेको छ । काँग्रेसले केन्द्रीय सदस्य बहादुरसिंहलामा लाई प्रतिनिधीसभा तर्फको समानुपातिक सूचीमा राखेको छ । २०७० को संबिधानसभा निर्वाचनमा नुवाकोट ३ वाट निर्वाचित लामालाई यसपटक समानुपातिक तर्फको उमेदवार वनाईएको छ ।
यसैगरी महाधिबेशन प्रतिनिधीहरु कृष्णबहादुर लामा, प्रतापसिंह लामा, कल्पना नेपाली र सीता मिजारलाई प्रदेश तर्फको समानुपातिक सूचीमा समेटिएको छ । प्रतापसिं लामा र सीता मिजार २०७० को संबिधानसभा निर्वाचनमा पनि समानुपातिक सूचीमा थिए ।