२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कसलार्इ चिन्याै चाैतारी सार्वजनिक, दारी बा भरियाकाे भूमीकामा

कसलार्इ चिन्याै चाैतारी सार्वजनिक, दारी बा भरियाकाे भूमीकामा

‘दारी बा’का नामले चर्चित हास्यकलाकार सुरवीर पण्डितले भरियाको भूमिका निर्वाह गरेका छन् ।

झरना संगीतले हालै उनको मर्मस्पर्शी अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरेका हो । मूलतः भारी बोक्ने वृद्ध उमेरका भरियाहरुका दुःखपीडा झल्काउने आशयका साथ उक्त सन्देशमूलक भिडियो तयार गरिएको धारणा कलाकार पण्डित र निर्देशक भुवन श्रेष्ठ मुस्कानको रहेको छ ।

नेपाली वैज्ञानिक भविन्द्र कुँवरको शब्दसंगीत एवम् संगीत संयोजन रहेको र गायक कृष्ण अधिकारीको गाउँबेसी सुहाउँदो स्वर रहेको उक्त म्युजिक भिडियोले भरियाहरुको मात्र नभई समग्र नेपाली मजदूर वर्ग र किसानहरुको दुःखपीडा र यथार्थ बोलेको प्रतिक्रिया कलाकार पण्डितले दिएका छन् ।

सुटिंग गर्दै गर्दा व्यस्त अवस्थामा भेटिएका कलाकार सुरवीर पण्डितलाई सो गीतबारे प्रतिक्रिया लिँदा उनले भने, ‘एउटाले भारी बोकेर पसिना बगाउने र अर्कोले शीतल ताप्ने समग्र सामाजिक र राजनीतिक अवस्थालाई मूल विषयवस्तु बनाएको यस व्यंग्यात्मक गीतले नेपाली जनताको मर्मस्पर्शी भावना र सन्देश बोलेको छ’ ।

‘कस्लाई चिन्यौ चौतारी? भारी बोक्ने भरिया शीतल बस्ने बटुवा’ भन्दै समाज र नेतृत्वलाई अत्यन्तै गम्भिर, अविस्मरणीय र असाध्यै घत लाग्दो प्रश्न गरेकाले पनि उक्त गीत नेपाली जनतामाझ छिट्टै चर्चित हुने विश्वास कलाकार पण्डितको रहेको छ । उक्त गीतका संगीतकार एवम् संगीतसंयोजक भविन्द्र कुँवरले उक्त गीत जति सुन्यो उति सुनूसुनूँ लाग्दै जाने प्रकृतिको कौतुहलपूर्ण रचना भएको स्पष्ट पारे ।

यस गीतमा आफूले श्रोताहरुलाई नित्तान्त नौलो प्रकृतिको नेपाली स्थानीय रङ प्रस्तुत गर्ने जमर्को गरेको धारणा संगीतकार कुँवरको रहेको छ । त्यसै गरी उक्त गीतमा एक व्यापारीको भूमिकामा अभिनय गरेका झरना संगीतका सन्चालक एवम् बरिष्ठ संगीतकार रत्न बानियाँले पनि गीतले समसामयिक दुःखपीडा र तीखो व्यंग्य समेटेको प्रतिक्रिया दिएका छन् । गीतमा नेपाली जनजीवनको मर्मस्पर्शी भावना रहेको धारणा कलाकार बानियाँको छ । नित्तान्त नौलो र आकर्षक भाखाले सजिएको हुँदा उक्त गीतले विस्तारै जनताको मनमुटुमा स्थान लिने विश्वास गायक उक्त गीतका कृष्ण अधिकारीको समेत रहेको छ । यस क्रममा गोर्खाका गायक अधिकारीले भने, ‘एउटै गीतले विभिन्न अर्थ बोकेको छ, जता सोच्यो उतै मिलेजस्तो लाग्छ, यसले अवश्य पनि चर्चा बटुल्नेछ ।’

गीत सार्वजनिक भएसँगै श्रोताहरुबाट गीत निकै मार्मिक भएको प्रतिक्रियाहरु आएको संगीतकार कुँवरले बताए । निर्देशक भुवन श्रेष्ठ ‘मुस्कान’ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा कलाकारहरु रत्न बानियाँ, भुवन कुँवर, बन्दना कुँवर तथा बाल कलाकार अन्वेषण कुँवरले समेत मन छुने अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij