स्वस्तिका लामिछाने नेपालमा हाल कलाकारिता क्षेत्रमा संलग्न रही भविष्य खोजिरहेकी सङ्घर्षशिल महिला हुन् । बुबा रामराजा लामिछाने र आमा बिन्दा लामिछानेकी जेष्ठ सुपुत्रीकी रुपमा जन्मिएकी उनी हाल ग्रामीण आदर्श क्याम्पस, नेपालटारमा स्नातक तह तेस्रो बर्षमा अध्ययन गरिरहेकी छिन् ।
लायन्स क्लब तथा सहकारी लगायत सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आएकी उनले २०६७ मा एसएलसी उत्तीर्ण गरेकी हुन् । २०६९ देखि उनले अध्ययन र कलाकारितालाई सँगसँगै अघी बढाइन् ।
शुरुमा स्टेज प्रोग्रामबाट शुरु भएको उनको कला यात्रा विस्तारै जिरे खुर्सानीमा राजाराम पौडेलको जोडीको रुपमा रंगमन्चमा अघी बढ्यो । मेरी बास्सै, हर्के हल्दार, तीतो सत्य, भद्रगोल, प्रहरी अनुरोध लगायतका टेलिसिरियलमा समेत अभिनय गरिसकेकी उनी हाल नेपाट टेलिभिजनबाट प्रशारण भइरहेको ब्रेकफेलमा शिवहरी पौडेलको जोडीको रुपमा काम गर्दै आएकी छिन् ।
सुनपानी, अभिजालो, वडा नम्बर ६, छक्कापन्जा लगायतका चलचित्रमा समेत उनले काम गरिसकेकी छिन् । यसबाहेक उनले विभिन्न म्युजिक भिडियोमा समेत काम गरिरहेकी छिन् ।
पोखराकाे सञ्चार वचल तथा ऋण सहकारीमा ब्राण्ड एम्बेस्डरको रुपमा समेत संलग्न रहेकी उनी आफूलाई कलाकारिता क्षेत्रमा आउने क्रममा शुरुका दिनमा निकै नै गाह्रो भएको अनुभव सेतोघरसँगको कुराकानीको क्रममा सुनाइन् ।
शुरुवातका दिनमा क्यामेरा फेस गर्न समेत निकै नै गाह्रो हुने गरेको बताउँदै आफू निकै कठिनताको साथ यस क्षेत्रमा संलग्न रहेकै कारण अहिलेको अवस्थामा आउन सकेको बताउँछिन् ।
घरपरिवार र आफन्तबाट भने निकै नै साथ पाएको कारण नै आफूलाई सहज भएको र दाइहरुको समेत प्रोत्साहनको कारण आफू छोटो अवधिमा नै अहिलेको अवस्थामा आउन सकेको प्रति गर्व महसुस गर्छिन् ।

सानै उमेर देखि नै नेपालमा कलाकारिता क्षेत्रमा नै संलग्न रहने आफ्नो चाहना भएको बताउँदै आगामी दिनमा पनि यसै क्षेत्रलाई करियरको मुख्य क्षेत्रको रुपमा अघी बढाउने आफ्नो योजना रहेको समेत उनले सुनाइन् ।
नेपालमा कला क्षेत्र विगतको तुलनामा अहिले परिवर्तन समेत हुँदै गएको बताउँदै आगामी दिनमा यस क्षेत्रमा निकै राम्रो अवसर र सम्भावना रहेको समेत बताउँछिन् लामिछाने । क्षमता र दृढ इच्छाशक्ति हुन सकेमात्र यस क्षेत्रमा टिक्न सकिने बताउँदै आफूले कसैलाई कुनै सहयोग गर्न आवश्यक रहे सहयोग गर्न आफू सदैव तयार रहने समेत बताएकी छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij