२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

काठमाडौं – संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । 

संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको स्थिति क्रमशः सहज हुँदै जाने मन्त्रालयको विश्लेषण छ ।

‘दरबन्दी निर्धारण कार्य अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेशमा कति कर्मचारी रहने हो, त्यसको अन्तिम टुंगो एक दुई दिनमा लाग्नेछ ।’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij