
सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बेलुका ७ बजेर १९ मिनेट जाँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भुकम्पको झड्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यस्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि भुकम्पको धक्का महसुस गरेको निर्प बिष्टले जानकारी दिए । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij