२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कर्जा असुली प्रणाली सुदृढ बनाउन महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच सम्झौता

कर्जा असुली प्रणाली सुदृढ बनाउन महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच सम्झौता

काठमाडाैं, २१ माघः महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच कर्जा असुली सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौमा एक कार्यक्रमका बीच कर्जा असुली परामर्शदाता तथा सहजीकरण गर्ने गरी महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच उक्त सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंकले ऋण कर्जा असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ । डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसंग बैङ्गिग सवलीकरण लागी सहकार्य गर्दै आएको छ । अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने बैंकको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij