२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

कपिलवस्तुमा प्रथम बुद्धभूमि महोत्सव सुरु

कपिलवस्तुमा प्रथम बुद्धभूमि महोत्सव सुरु

कपिलवस्तु–कपिलवस्तुको बुद्धभूमि नगरपालिका इमिलियामा प्रथम वुद्धभुमि महोत्सव सुरु भएको छ । शुक्रबार कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले सो महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बलदेवले कपिलवस्तु जिल्ला एक ऐतिहासिक र पर्यटकीय क्षेत्र भएको स्मरण गरे । गौतम बुद्धको जन्मस्थल रहेको जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार नहुँदा ती स्थलहरु ओझेलमा परेको बताउँदै प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले बुद्धभूमिमा पहिलोपटक महोत्सवको आयोजना गर्ने  जमर्को गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए । सांसद बलदेवले कपिलवस्तु जिल्लाको विकासका लागि आफुले नयाँ योजना ल्याउने तयारीमा रहेको बताउँदै जिल्लाका सम्पूर्ण स्थानमा स्थलगत अनुगमन भैसकेकोले कुन के आवश्यकता रहेको छ, त्यहिअनुरुप विकासको गतिलाई तिव्रता दिने आश्वासन दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकास, व्यावसायको बृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि महोत्सव आयोजना गरिएको दाबी गरे । लामो समयदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले यसको अगुवाई गरेकोमा उनले धन्यवाद समेत दिए ।

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधिको प्रस्तुति, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकलाको समेत प्रर्दशनी गरिएको छ । महोत्सवमा १ सय ५० स्टल रहेका छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव माघ २१ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij