
काठमाडौं । साउदी अरबलगायत अन्य तीन अरब देशले कतारलाई आफ्ना शर्तको सूची पालनाका लागि दिएको समयसीमामा ४८ घण्टा थप गरेको छ।
१३ बुँदे शर्तका यी सूचीका लागि अन्तिम समयसीमा आइतबार समाप्त भएको थियो ।
यी शर्तमा समाचार च्यानल अल जजिरा बन्द गर्नुपर्ने शर्त पनि राखिएको छ । अल जजिरा कतारको सरकारी टेलिभिजन च्यानल हो ।
साउदी अरब, इजिप्ट, यूएई र बहराइनले कतारमाथि कडा प्रतिबन्ध लगाइराखेको छ । कतारमाथि यी देशले चरमपन्थलाई आर्थिक मद्दत गरिरहेको आरोप लगाएका छन् ।
जबकी कतारले यी आरोपलाई ठाडै अस्विकार गरेको छ ।
कतारले सोमबार यसको औपचारिक जवाफ कुवेतलाई पठाइने चिठ्ठीमार्फत दिने बताएको थियो ।
कुवेतले यो विषयमा मध्यस्थताको भूमिका निभाइरहेको छ ।
कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–ताहिनीले शनिबार कतारले शर्तलाई मान्न अस्विकार गरेको र आफूहरु सही परिस्थितीमा कुराकानी गर्न तयार भएको बताएका थिए ।
पछिल्लो दुई हप्तादेखि कतार साउदी अरब र अन्य सहयोगी राष्ट्रको तर्फबाट कडा कूटनीतिक र आर्थिक नाकाबन्दीको सामना गरिरहेको छ ।
जून २३ तारिखमा यी चार देशले कतारलाई शर्त मान्नका लागि १० दिनको समय दिएको थियो ।
यसमा टर्कीमा रहेको सैन्य क्याम्पलाई बन्द गर्न र इरानसँग कूटनीतिक सम्बन्ध समाप्त गर्नुपर्ने माग समावेश छन् ।
अहिलेको संकटमा इरान र टर्कीले कतारलाई खाना र अन्य आवश्यक वस्तुहरुको आपूर्ती गरिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij