
काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार ढकाललाई जिम्मेवारी दिएका हुन् ।
विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको हो ।
ढकाल करिब साढे दुई बर्षपछि पुन विभागमा फर्किएका हुन् । केही वर्षदेखि ढकाल र भट्टराईबीच निरन्तर चल्दै आएको पदको हानाथापले विभागले राम्रो काम गर्न सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij