काठमाडौँ- ‘भिम उपाध्यायको गिरफ्तारीले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता नरहेको थप पुष्टी गरेको छ। सचिब, मन्त्री र प्रधानमन्त्रीले आलोचना नसहने र गाली वा कटु वचनहरु प्रति यति हदसम्म असहिष्णु भएर बिधुतिय कारोबार ऐनको दुरुपयोग गर्दै एउटा नागरिकलाई गिरफ्तार गर्नु घोर निन्दनीय छ।’ पूर्व सचिव भीम उपाध्यायलाई साइबर अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको भोलिपल्ट पत्रकार महासंघका अध्यक्ष तारानाथ दाहालले फेसबुकमा लेखेका छन्।
लेखक सरिता तिवारीले पनि फेसबुकमा लेखेकी छिन्- ओली सरकारको ओरालो पथ ! सामाजिक सन्जालमा शब्दले प्रतिरोध गरेकै आधारमा पूर्वसचिव भीम उपाध्यायलाई समातेछ । लोकतन्त्र तिम्रा आसेपासे, भरौटे, चाकरीवाज र हनुमानको मात्रै होइन । सरकारका आलोचकको पनि हो ।सबैको हो । हद हो गई सरजी !
सरकारका कामकारबाहीलाई लिएर पछिल्लो समय उपाध्यायले सामाजिक सन्जालमा टिकाटिप्पणी गर्दै आएका थिए।
केही समय अघि मेडिकल सामग्री खरिद विवादमा उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव यादब कोइरालाबीच ट्वीटरमा दोहोरि नै चलेको थियो। मेडिकल सामग्री खरिद विवादमा स्वास्थ्यसचिव कोइराला र मन्त्रीहरु बर्खास्त हुन सक्ने भन्दै उपाध्यायले लेखेपछि कोइरालाले उनलाई ‘अपराधी’ नै भनेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij