२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ओलीले एक पद छाड्नैपर्ने प्रचण्ड पक्षकाे निष्कर्ष

ओलीले एक पद छाड्नैपर्ने प्रचण्ड पक्षकाे निष्कर्ष

काठमाडौं । पार्टीभित्र विवाद चुलिँदै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका थिए ।

लगत्तै सोमबार बिहान उनले पूर्वमाओवादी केन्द्र तर्फका स्थायी समिति सदस्यहरुसँग झण्डै तीन घण्टा छलफल गरेका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ ।

 

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले उहाँले नै निकास दिनुपर्छ र पार्टी एकतालाई पनि बचाउनुपर्छ । त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्नुपर्छ भन्ने कुरामा नेताहरु एकमत देखिनुभएको छ’ ती नेताले भने, ‘उहाँ ओलीजी प्रतिपक्षजस्तो बन्नुभएन, घुर्की लगाउनुभएन । बैठक नराख्ने र राखेपनि बीचमै छोड्ने त कहिले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा लाग्नुभएको छ । यो प्रवृत्तिले निकास आउँदैन । त्यसैले उहाँले नै निकास दिन जरुरी छ । त्यसमा रोज्ने जिम्मा उहाँलाई छ, बल उहाँकै कोर्टमा छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij