२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एसईईका विद्यार्थीहरुले गणित परिक्षाकाे यसरी गर्नुपर्छ तयारी, विज्ञबाट १० महत्त्वपूर्ण सुझावहरु

एसईईका विद्यार्थीहरुले गणित परिक्षाकाे यसरी गर्नुपर्छ तयारी, विज्ञबाट १० महत्त्वपूर्ण सुझावहरु

इ. दीपक भण्डारी, गणित विभाग प्रमुख, मेगा पब्लिक स्कुल

 

बि.सं‍. २०८० सालको एसईई परीक्षा चैत १५ गतेदेखि सुरु भइसकेको अवस्था छ । राष्ट्रिय परीक्षा बोर्डको तालिका अनुसार गणित विषयको परीक्षा चैत १८ गते भोलि आइतवार हुँदैछ । एसईई दिइरहेका सबै विद्यार्थीलाई सामान्य कुरामा पनि ध्यान दिन नसक्दा कहाँ गल्ती भयो पत्तो हुँदैन र सोचेको जस्तो नम्बर आउँदैन। नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन भईरहेको र यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले गणित र विज्ञान विषयको परीक्षाको अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको सर्वविदितै छ ।

एसईईको परीक्षामा सहभागी भएका विद्यार्थीहरूलाई गणित विषयको तयारीका बारेमा मेगा पब्लिक स्कुलका गणित विभागका प्रमुख ई. दीपक भण्डारीले दिएका १० सुझाब यस्ता छन् । जुन बिध्यार्थिहरुलाई परिक्षाको पूर्वसन्ध्यामा महत्त्वपूर्ण हुन सक्छन् ।

१. विधार्थी भाइ-बहिनिहरु अहिलेको नयाँ ग्रेड प्रणाली अनुसार प्रत्येक विषयमा कम्तीमा पनि ३५% अङ्क ल्याउनैपर्ने छ । याे सैद्धान्तिककाे लागि मात्र गरिएकाे व्यवस्था हाे । प्रयोगात्मक जोडिएकाे छैन भन्ने कुरा सबैलाई थाहा भएकै होला, त्यसै अनुसार तयार गर्दै हुनुहुन्छ होला र गरिराख्नु भएको होला ।

२. विद्यार्थीको गणितीय ज्ञान, बोध, प्रयोग र उच्च दक्षता मापन गर्नका लागि जम्मा १६ ओटा प्रश्नहरु हुनेछन् । जस भित्र ४९ वटा उप-प्रश्नहरू सोधिन्छन् । उप प्रश्नहरूमा सोधिएका प्रश्नहरू एक आपसमा धेरै सम्बन्धित हुन्छन्। विधार्थी भाइ बहिनिहरुलाई सोधिएका १६ ओटा questions हरु तपाइँहरुले पढेकै र अभ्यास गरेकैबाट सोध्नेछ तर questions modify भने अवश्य हुन सक्नेछन् ।

३. प्रश्न पत्रलाई लगभग ५/७ मिनेट जति राम्रो सङ्ग पढ्नुस, बुझ्नुस् अनि प्रश्नले भन्न खोजेको के हो स्पष्ट हुनुहोस् । आफूलाई जुन प्रश्न राम्रो सङ्ग आउछ त्यो सामाधान स्पष्ट सङ्ग लेख्नुहोस्। सन्दर्भलाई राम्ररी बुझेर मात्र उप प्रश्नहरू नआत्तिकन समाधान गर्नुहोस् ।

४. मुख्य प्रश्नको उत्तर दिँदा उप-प्रश्नको उत्तर स्पष्ट देखिने गरि गर्नुहोस् ।
जस्तैः तपाईं ले प्र (१) solution गर्दै हुनुहुन्छ भने त्यो भित्र रहेका sub-questions को solution स्पष्ट (क), (ख), (ग) solution भनेर मज्जाले लेख्नुहोस् ताकी तपाईंको कपि चेक गर्न र मार्क्स दिन सजिलो होस् र परिक्षण गर्ने सर म्यामले बुझुन् ।

५. विधार्थी भाइबहिनिहरु महत्त्वपूर्ण कुरा त के छ भने यो वर्षको SEE मा question घुमाउरो हुन सक्छ, तपाईं सङ्ग ७५ मार्क्सको लागि ३ घन्टा समय हुनेछ ।
प्रश्नपत्र हेरिसकेपछि जुन प्रश्नहरूमा आफू सहज महसुस गर्नुहुन्छ, त्यसबाट सुरु गर्नुहोस् । अप्ठ्यारो लाग्ने प्रश्नको समाधानमा सुरुमै प्रयास गर्दा पछि समय अभावले आफूले सहजै गर्न सकिने प्रश्नहरू पनि समय अपुग हुनसक्छ ।

६. प्रत्त्येक प्रश्नको उत्तर गर्दा तपाईले भाषा के कति लेख्ने भन्ने कुरा महत्त्वपूर्ण हुनेछ । ३ घन्टा मा १६ वटा गर्दा भाषा चाहिने भन्दा बढि नलेख्नु होला ।

७. प्रयोग र उच्च दक्षता तहका प्रश्नहरू सम्बन्धीत क्षेत्रका विषयवस्तुसँग सम्बन्धित र सान्दर्भिक प्रश्नहरू पनि रहन सक्दछन् । धेरै लामो भाषा लेख्ने कोशिसमा तपाइँको समय गएको थाहा हुनेछैन त्यसैले भाषा छोटो र मीठो चाहिने मात्र लेख्नु होला मार्किङ स्किम हेरेर ।

८. तपाईलाई नआउने जस्ता लागेका प्रश्नहरु नछोड्नुस ता कि जति आउँछ जे जति भनेको छ त्यो सबै दिएका कुरा लेख्नुहोस् । पाठयोजना निर्माण गर्दा कुनै विषय वस्तु तपाईलाई कठिन लाग्दछ र यस भन्दा अगाडी पनि धेरै समय दिँदा पनि बुझ्न सक्नु भएको छैन भने परीक्षाको अघिल्लो दिन त्यसैलाई समय दिनु ब्यर्थ हुनेछ
।

९. गणितका समस्याहरू समाधान गर्दा आवश्यक पर्ने सुत्रहरू राम्ररी बुझ्नुहोस् । सुत्रहरू नबुझिकन कण्ठस्त मात्र पार्दा परीक्षा हल भित्र पसेपछि सुत्रहरू बिर्सियो भने एकै छिनमा निर्माण गर्न सक्ने हुनु राम्रो हुन्छ । त्यस्को लागि केही नेमोनिक्स (mnemonics) पनि तयार गर्न सक्नुहुनेछ ।

१०. परीक्षामा आफूलाई आवश्यक पर्ने सबै सामानहरू सम्झिएर लिएर जानुहाेला ।

सबै विद्यार्थी भाइबहिनीलाई परीक्षाको अग्रिम शुभकामना ।

 

लेखक ई. दीपक भण्डारी काठमाडौंका विभिन्न इन्जिनियरिङ कलेजहरुमा प्रध्यापन गर्नुको साथै हाल तारकेश्वोरमा अवस्थित मेगा पब्लिक स्कुलमा गणित विभाग प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij