२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एमालेले कारबाही थालेपछि दुर्गा प्रसाईंले गरे राजीनामा घोषणा

एमालेले कारबाही थालेपछि दुर्गा प्रसाईंले गरे राजीनामा घोषणा

 

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले राजिनामा दिएका छन् । पार्टीले उनलाइ साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिसकेकाे स्थितिमा उनले राजिनामा दिएका हुन् ।

पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि उनलाइ निष्कासनकाे लागि सिफारिस गरिएकाे थियेा ।

प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गरिएकाे हाे ।

शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij