तारकेश्वरको मनमैजुमा एन्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएसन सेन्टर सञ्चालन आउन लागेको छ । एन्जल्स मिसन गु्रपको नयाँ सदस्यको रुपमा सञ्चालन हुन लागेको यस एन्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएसन सेन्टरले सञ्चालनका शुरुका दिनलाई लक्षित गरी समर क्याम्प समेत आयोजना गर्न लागेको एन्जल्स स्पोर्ट एकेडेमीका अध्यक्ष खिम थापाले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताउनुभएको छ । समय क्याम्प एसइइका विद्यार्थीहरुलाई लक्षित रहने छ । साथै छुट सुविधा समेत उपलब्ध हुनेछ । यो क्याम्प चैत्र २४ देखि जेष्ठ ६ सम्म चल्नेछ ।
सुविधा सम्पन्न यस एन्जल्स स्पोर्ट एकेडेमी अन्तरगत क्रिकेट एकेडेमी, योगा सेन्टर, बच्चाहरुको लागि फनपार्क लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । हाल निर्माणकार्य अन्तिम चरणमा पुगेको यस एन्जल्स स्पोर्ट एकेडेमीमा नेपालमा खेल क्षेत्रका प्रतिभाशाली व्यक्तिहरुको प्रत्यक्ष संलग्नता छ । क्रिकेटका ज्ञानेन्द्र मल्ल तथा मनोज भट्टराई, अन्डर नाइन्टिनका राजु रिजाल, फिफाका विकास शाही, पौडी खेलाडी नैना शाक्य लगायत संलग्न रहेको यस एन्जल्स स्पोर्ट एकेडेमीले स्थापनाको छोटो समयमा नै तारकेश्वर क्षेत्रमा राम्रो माहोल बनाउन सफल हुने लक्ष्य लिइएको छ ।
हाल १७ रोपनी क्षेत्रफलमा सञ्चालनमा आउन लागेको यस एन्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएसन सेन्टरले छिटै साँगामा समेत १८ रोपनी जग्गा लिएर अर्को स्पोर्टस एकेडेमी निर्माणको काम अघी बढाइरहेको एन्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापाले बताउनुभएको छ ।
नेपालमा अहिले खेलको निम्ति सम्म स्तरीय पूर्वाधारहरु बन्न नसकेको र तारकेश्वर क्षेत्रमा समेत खेल क्षेत्रको अवस्था निकै नै कमजोर रहेको कुरालाई लक्षित गरी यस क्षेत्रलाई माथि उठाउनको निम्ति निजी क्षेत्रबाट समेत महत्वपूर्ण भूमीका निर्वाह गर्न सकिने योजना बमोजिम ठूलो र अनुभवी टीमबाट यो एन्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएसन सेन्टर सञ्चालनमा आएको हो ।
यस कम्पनीले सामाजिक उत्तरदायित्व र व्यावसायिक लाभ दुवैलाई सँगै अघी बढाउन लागेका छन् ।
खिम थापा, अध्यक्ष एन्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएसन सेन्टर
क्रिकेट एकेडेमी बारे अध्यक्ष थापा भन्नुहुन्छ,
नेपालमा अहिले क्रिकेटको क्षेत्र निकै राम्रो तवरले अघी बढ्न लागेको छ । यस्तो अवस्थामा हामीले आगामी दिनमा यस क्षेत्रको भविष्य निकै राम्रो देखेका छौं । त्यसैकारण हामीले म्य ष्त थयगचकभाि उचयवभकत को रुपमा यो प्रोजेक्टलाई एन्जल्स मिसन गु्रप अन्तरगत नै अघी बढाएका हौं ।
नेपालको खेलकुद क्षेत्रलाई प्राथमिकताको साथ राम्रो तवरले अघी बढाउने मान्यता बमोजिम शुरुवात आफैंले गर्नुपर्छ भन्ने मान्यता सहित यसै बर्षको जनवरीबाट यो प्रोजेक्ट निर्माण कार्य अघी बढाएका हौं । यो प्रोजेक्ट निकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा अघी बढाइएको छ ।
हामी यहीँ नै सम्भावना छन् भन्ने मान्यता बमोजिम नयाँ क्षेत्रमा लगानी विस्तार गर्न लागेका हौं । नेपालमा पहिलो चरणमा खेल क्षेत्रका इच्छुक व्यक्तिहरु र विद्यालय तहका विद्यार्थीहरुलाई समेटेर हामीले यस खेलकुद केन्द्रका गतिविधिहरु अघी बढाउँदैछौं ।