२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

एनबीआईको सीईओमा कुमार लम्साल नियुक्त

एनबीआईको सीईओमा कुमार लम्साल नियुक्त

काठमाडौं । नेशनल  बैंकिङ्ग ईन्ष्टिच्यूट लिमिटेटको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले  २०७६ मंसिर ३० गते देखि लागु हुने गरी उनलाई नियुक्त गरेको हो । लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् ।

उनले यस अघि सानीमा बैंक, प्रभु बैंक, जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् ।

पछिल्लो समय जनता बैंक नेपाल को प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउदै आएका थिए । नवनियुक्त प्रमूख कार्यकारी अधिकृतको नियुक्ती सँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij