२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एनडिसीको सफलता: कर्मचारीहरुको बलियो साथ र सहयोग नै मुख्य आधार

एनडिसीको सफलता: कर्मचारीहरुको बलियो साथ र सहयोग नै मुख्य आधार

काठमाडौं । नेपालमा लामो समय देखि धितो मूल्यांकनको क्षेत्रमा संलग्न रहँदै आएका व्यक्ति हुन् सञ्जय महतो । उनैले सञ्चालन गर्दै आएको कन्सल्टिङ फर्म हो नेपाल डेभलपमेन्ट कन्सल्टेन्ट । महतो अन्य क्षेत्रमा पनि काम गर्न रुचि राख्ने व्यक्ति हुन् ।

बहुआयामिक प्रतिभाका महतो आफ्नो व्यावसायिक करियरका पछिल्ला दिनहरुमा बिल्डिङ क्षेत्रमा समेत संलग्न हुन पुगेका छन् ।

एनडिसी खबर डट कम अनलाइन मिडिया सञ्चालन गरी सञ्चार क्षेत्रमा समेत प्रवेश गरेका महतोले आफ्नो क्रियाशिलता एवं रचनात्मक सोचको कारण आफूलाई विभिन्न क्षेत्रमा संलग्न गराउन सफल भएका हुन् । उनी कलाकारिता तथा चलचित्र क्षेत्रमा समेत हात हालेका व्यक्ति हुन् ।

हाल महतोले सञ्चालन गर्दै आएको इन्जिनियरिङ कन्सल्टिङ फर्ममा इन्जिनियर, ओभरसियर, व्यवस्थापन, अकाउन्टिङ, मार्केटिड लगायत विभिन्न विधाका  व्यक्तिहरु रोजगारीमा संलग्न छन् ।

अध्ययनकै समय देखि नै पृथक सोचाई राख्ने रचनात्मक स्वभावका महतोले आफ्नो कार्यालयमा सबै कर्मचारीहरुको मन जित्न सफल छन् । जसले गर्दा आफ्नो योजना बमोजिम फर्म लयबद्ध रुपमा प्रगतिपथमा अघी बढिरहेको छ ।

नेपाल डेभलपमेन्ट कन्सल्ट्यान्टले आफूहरुलाई पारिवारिक वातावरणको आभाष गराएको कम्पनीमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

महतो आफू पनि दाबी गर्छन् कि कुनै कम्पनीलाई सफल बनाउनको लागि कर्मचारी र सञ्चालक-व्यवस्थापक बीच सुमधुर सम्बन्ध कायम रहनु जरुरी रहन्छ ।

झण्डै २ दशक पहिले देखि सञ्चालनमा आएको उक्त इन्जिनियरिङ फर्मले सेवाको गुणस्तरीयतालाई विशेष महत्व दिएर सोही बमोजिम कामहरु सञ्चालन गर्दै आएको छ ।

धितो मूल्याङ्कन क्षेत्रमा काम तुलनात्मक रुपमा सहज भएपनि विभिन्न प्रलोभनहरु आफूहरुलाई आउने गरेको र संयमतापूर्वक रिपोर्ट तयार पार्नुपर्नेमा महतो सधैं ध्यान दिन्छन् । आफ्ना कर्मचारीहरुलाई पनि सोही बमोजिम निर्देशन दिन्छन् उनी ।

महतोले सञ्चालन गर्दै आएको फर्ममा नवप्रवेशी कर्मचारी देखि १२ बर्ष भन्दा लामो समय त्यही कम्पनीमा योगदान गरेका व्यक्तिहरु सम्म छन् । कम्पनीको व्यवस्थापन पक्षसँग आफूहरु सन्तुष्ट रहेकै कारण आफूहरु उक्त कम्पनीमा सेवारत रहँदै आएको पुराना कर्मचारीहरु बताउँछन् भने सिक्नको लागि राम्रो प्लेटफर्म पाएको नयाँ कर्मचारीहरु दावी गर्छन् ।

सिभिल इन्जिनियर, ओभरसियर, मार्केटिङ, रिसेप्सनिष्ट लगायतका क्षेत्रका अनुभवी कर्मचारीहरुको कारण आफ्नो कम्पनीले बजारमा राम्रो छाप कायम राख्न सकेकोमा सञ्चालक महतो समेत सन्तुष्ट छन् ।

धितो मूल्याङ्कन क्षेत्र इन्जिनियरिङ अन्तरगतको एउटा क्षेत्र भएपनि यस क्षेत्रमा काम गर्ने व्यक्ति सदैव सचेत रही आफूले सम्पादन गर्ने काममा होशियारी अपनाउनुपर्ने कुरामा जोड दिन्छन् महतो ।

आफूले कर्मचारीहरुबाट दरिलो साथ पाएको र कम्पनीलाई राम्रो तवरले अघी बढाउनको लागि सबैको सल्लाह सुझाव र सहकार्यबाट नै कम्पनी अहिलेको अवस्थामा आउन सकेको महतोको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij